काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ सुन तथा चाँदीको दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।