काठमाडौं– एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्स सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।