• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

सदन अवरोध खोल, सांसदको सार्वभौमिकता प्रयोग गर

64x64
नेपाल लाइभ मंगलबार, फागुन १०, २०७८  २१:२३
1140x725

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्‌ सचिवालयमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधि सभामा टेबल भएको छ। गत आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा बैठकमा टेबल गरेसँगै लामो समयदेखि गिजोलिएको यो सम्झौता एक पाइला अघि मात्र बढेको छैन, बल्ल ठिक ठाउँमा अर्थात् जहाँ हुनुपर्थ्यो त्यहीँ पुगेको छ। यही ठाउँमा नआउँदा वा नल्याइँदा एमसीसी सम्झौता हदैसम्म गिजोलिएको थियो। यतिसम्म कि त्यसले ७ दशकदेखिको अमेरिकासँगको कूटनीतिक सम्बन्धमै चिसोपन बढाउने जोखिम देखापरेको थियो। यसमा जनताका प्रतिनिधिले बहस गर्न नपाउने, तर अनेक स्वार्थ र सम्बन्धबाट निर्देशित समूहले बहस गर्नुपर्ने मूल पक्षलाई नै ओझेल पार्ने प्रयास गरिरहेका थिए। अब सदनमा पुगेको यो सम्झौतामा नागरिकको म्याण्डेट बोकेका विधायकहरुले बहस गर्नेछन्।

एमसीसी सम्झौतामाथि छलफलका लागि फागुन १२ गते प्रतिनिधि सभा बैठक बोलाइएको छ। र, सम्झौता पारित गर्न सत्ता गठबन्धनभित्र सघन प्रयत्न चलिरहेको छ। त्यसका विभिन्न सम्भावनाहरुको खोजी भइरहेको छ। अंकगणितको जोडघटाउ पनि चलिरहेको छ। छलफल, भेटघाट जारी छन्। यसले सत्तागठबन्धन भत्किने चर्चा चलिरहँदा र गठबन्धनकै घटकहरुले ‘सरकारबाट बाहिरिने’ धम्की दिन नछाडेका बेला त्यो संकट टार्ने वैकल्पिक उपायहरुमाथि पनि छलफल जारी छ, खासगरी सत्ता गठबन्धनभित्र।

यो कुरा निर्विवाद छ कि एमसीसी सम्झौता अब सार्वभौम संसद्‌को विषय बनिसक्यो। अब संसद्‌ले यसबारे गर्ने निर्णयको खास अर्थ हुनेछ। त्यसकारण पनि सम्झौता अनुमोदन वा अस्वीकार गर्ने निर्णय गर्नुअघि सार्वभौम संसद्‌मा यसबारे पर्याप्त छलफल हुनुपर्छ। तर, लामो समयदेखि सदन अवरुद्ध छ। प्रमुख प्रतिपक्षसमेत रहेको प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेकपा एमालेले फरक सन्दर्भमा जारी राखेको अवरोधले एमसीसीमाथिको छलफल नै प्रभावित हुने आशंका बढेको छ। सदनको अवरोध खुलाउने जिम्मेवारी मूलतः सरकार पक्षको भएकाले प्रमुख प्रतिपक्षलाई सदनको अवरोध अन्त्य गर्न र बहसमा भाग लिन ‘कन्भिन्स’ गर्ने जिम्मेवारी सत्तापक्षले बहन गर्नुपर्छ। प्रधानमन्त्री शेरबहादुर देउवाको यसबीचमा भइरहेको बालकोट दौडाहा यसमा केन्द्रित हुन आवश्यक छ। सँगै एमाले स्वयं पनि अब आफ्नो सदन अवरोधले दिने सन्देशप्रति सजग हुनुपर्छ।

एमाले यतिबेला सदनको पहिलो दल हो। एमालेलाई जनताले प्रमुख दल बनाउनुको अर्थ हो, राष्ट्रिय मुद्दामा उसको नेतृत्वदायी भूमिका अपरिहार्य छ। यसकारण पनि राष्ट्रिय महत्त्वका विषयमा मन लागे बोल्छु, नलागे बोल्दिनँ भन्ने सुविधा उसलाई छैन, हुनुहुँदैन। एउटा प्रमुख राजनीतिक दलबाट कुन बेला बोल्दा फाइदा हुन्छ र कुन बेला नबोल्दा फाइदा हुन्छ भन्ने हदैसम्मको अवसरवादी भूमिका अपेक्षित हुँदैन। नाफाघाटाको हिसाब गरेर त्यहीअनुसार चल्ने संस्था मुलुकको प्रमुख दल कहलाउन सक्दैन। नाफाघाटा हेर्ने, भीडको मनोविज्ञान हेरेर मात्र कदम चाल्नेहरु ठूलो पार्टीसम्म हुनसक्लान्, तर तिनले देशलाई नेतृत्व दिन सक्दैनन्। ठूलो पार्टी भएर पनि देशलाई नेतृत्व गर्न नसक्दाका परिणाम इतिहासमा प्रशस्त छन्। कम्तीमा एमालेले त्यो इतिहास दोहोर्यादउने आकलन मुलुकको अहिलेको अवस्थाले गरिरहेको छैन।

हाम्रो बुझाइमा अब एमाले प्रष्ट हुनैपर्छ। प्रष्ट यो मानेमा कि ऊ एमसीसी सम्झौताको पक्षमा छ कि छैन भनेर बोल्नुपर्छ। छैन भने सोही खालको धारणा राख्न र संसद्‌मा यसबारे हुने मतदानमा पनि विपक्षमा उभिन ऊ स्वतन्त्र छ। तर, गठबन्धन फुटेमा एमसीसीबारे हाम्रो धारणा यस्तो हो, जोगिएमा चाहिँ यस्तो हो भन्ने दुई जिब्रे कुरा गर्न एमालेले अब चाहिँ मिल्दैन। एमसीसी देशको हितमा छैन भन्ने एमालेलाई लाग्छ भने गठबन्धन फुटेमा पनि सोही धारणा हुनुपर्छ, एमसीसी देशको हितमै छ भन्ने लाग्छ भने गठबन्धन कायमै रहँदा पनि सोही धारणा हुनुपर्छ। मुलुकले आज एमालेबाट गरेको अपेक्षा ‘माछा देखे दुलोभित्र हात, सर्प देखे दुलोबाहिर हात’ होइन। त्यसमाथि अहिलेको एमाले नै हो जसको नेतृत्वमा सरकार हुँदा नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद्‌ सचिवालयमा दर्ता भएको थियो। र, वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली (तत्कालीन प्रधानमन्त्री)ले आफूलाई सम्झौताका पक्षमा मुखर गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले एमालेको सदनमा अवरोध गरिरहने र एमसीसीलाई पारित गराउन सघाउने रणनीति हो भने त्यो झन् घातक छ। त्यसबाट एमालेले आफ्नो अकर्मण्यता र बेइमानीमात्र उजागर गर्ने छैन, एमसीसी जस्तो राजनीति, समाज सबैलाई ध्रुबीकरणमा पुर्यामएको ठूलो मुद्दाबारे बहसमा भाग लिन पाउने अन्य सांसदको अधिकार पनि खोस्नेछ। प्रतिनिधि सभाको ठूलो दलको दायित्व र जिम्मेवारीबोध पनि ठूलै हुन्छ भन्ने हेक्का एमालेले राख्नैपर्छ। र, तत्काल सदनको अवरोध खोलेर यो विषयलाई सार्वभौम संसद्‌बाट किनारा लगाउने अग्रसरता एमालेले देखाउनुपर्छ। किनभने एमसीसी अब अमेरिकाले नेपाललाई दिने विकास सहायताको सम्झौतामात्र रहेन, सही तरिकाले ‘ह्याण्डलिङ’ गर्न चुकेका पार्टीहरु (त्यसमा एमाले स्वयं पनि उत्तिकै जिम्मेवार छ)कै कारण यो मुलुकको सबभन्दा ठूलो भूराजनीतिक संकट निम्त्याउने कारण पनि बन्न थालेको छ।

एमसीसी सम्झौतालाई सबभन्दा गिजोल्ने काम चाहिँ अहिलेको सत्ता गठबन्धनबाटै भएको हो, त्यसमा पनि गठबन्धनको प्रमुख एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट। यो कटु सत्यलाई हेक्का राखेर सत्ता गठबन्धनका दलहरुले पनि अब आ–आफ्नो धारणा तत्काल प्रष्ट पार्नुपर्छ। सबभन्दा पहिले उनीहरु स्वयंप्रति इमान्दार बन्न जरुरी छ। मुलतः माओवादी केन्द्र र एकीकृत समाजवादीले यो विषयलाई दाउपेचमात्र बनाइरहेका छन्। कतिसम्म भने गत आइतबार बिहान यी दुई दलले बालुवाटारमा प्रधानमन्त्रीलाई एमसीसी सम्झौता टेबल गर्न सहमति दिएर सडकमा भने कार्यकर्ता उतार्दै उदण्डता प्रस्तुत गरे। आफू एउटा रणनीतिमा अघि बढ्ने, तर कार्यकर्तालाई खुलस्त बताउन नसक्ने उनीहरु यसैगरी लोकरिझ्याइँको बन्धक हुने हो भने कालान्तरमा दलहरुले आफ्नो सान्दर्भिकता नै गुमाउने छन्। त्यसपछि उनीहरुले परिणामको जस वा अपजसको भागिदार हुने मौका पनि पाउने छैनन्। 

सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेस यो विषयमा प्रष्ट हुनु सुखद कुरा हो। तर, उसले एक त गठबन्धनभित्रकै रडाको मिलाउन सकिरहेको छैन भने अर्कोतर्फ सदनमा सहज बहस हुने वातावरण बनाउन पनि निर्णायक पहल गरिरहेको छैन। कांग्रेसबाट तत्काल अनुभूत हुनेगरी यस्तो पहल र भूमिका अपेक्षित छ।

अब के सत्तापक्ष के प्रतिपक्ष, सार्वभौम संसद्‌बाटै एमसीसीबारे छिनोफानो हुने भएकाले सदनमा यसबारे छलफलका लागि तयार हुनुपर्छ। जे धारणा हुन्, सदनमै राख्नुपर्छ। आफ्ना कार्यकर्ता पंक्तिमा रहेको अलमल अन्त्य गर्नका लागि पनि उनीहरुले सकेसम्म छिटो प्रष्ट धारणा सार्वजनिक गर्नुपर्छ। सडकमा एकथरी, दलहरुको बैठकमा एकथरी अनि सदनमा अर्कोथरी धारणा राख्नु भनेको जनताप्रति बेइमानी हो। दलहरुबाट जिम्मेवारीबोधको अपेक्षा गरिन्छ, बेइमानी होइन। त्यसमाथि यो विषयमा उनीहरुले गर्ने यस्तो बेइमानीले मुलुकलाई भूराजनीतिको भुंग्रोमा होम्ने जोखिम पनि छ।

एमसीसी सम्झौता विकास परियोजना मात्रै नभएर भूराजनीतिक द्वन्द्वको बहाना बन्ने खतरा देखा परिसकेको स्थितिमा सदनमा पुगेको सम्झौतालाई विवेकपूर्ण निष्कर्षमा पुर्‍याउन अपरिहार्य छ। जुन निष्कर्षले तत्कालमा मुलुकको आन्तरिक आवश्यकता र दीर्घकालमा बाह्य विश्वसनीयतालाई सुनिश्चित गर्न गरोस्। तथ्यलाई सोही ढंगले बुझ्न सक्दा र मुलुकको स्वार्थलाई केन्द्रमा राख्न सक्दा मात्रै यो जटिलताबाट हामी सहज रुपमा बाहिर निस्कन सक्छौं। हाम्रो परिपक्वता विकास गर्न सक्छौं। र, जस्तासुकै संकटलाई पनि विवेकपूर्ण निर्णयबाट पार लगाउन नेपालका दल सक्षम छन् भन्ने सन्देश दिन सक्छौं।
 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्