काठमाडौं– आइतबार एमसीसी सम्झौता संसद्मा टेबल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीसहितको टोली पुगेर जानकारी लिएको छ।
प्रहरी जानकीको बुटिकमा पसेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका थिए। पसल तोडफोड भएपछि के गर्ने, कसो गर्ने ? भन्ने भेउ पाउन नसकेको तर, सीडीओ र एसएसपी आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको जानकीले बताइन्।
उनले अझै पनि आन्दोलनकारीले आफूलाई टर्चर दिने गरेको बताइन्। प्रजिअ रिजाल र एसएसपी गिरीले आफ्नो ज्यान जोखिममा राखेर प्रहरी जोगाएकोमा जानकीलाई धन्यवाद दिए।
प्रमुख जिल्ला अधिकारी रिजाल र एसएसपी रिजालले तोडफोड भएको पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव गर्ने आश्वासन दिए। प्रजिअ रिजालले भने, ‘प्रहरीले उठाएको पसलको मुचुल्का अनुरुप हामीले गृह मन्त्रालयसँग क्षतिपूर्तिका लागि प्रस्ताव गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।