काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ४ सय २४ जनामा गरिएको परीक्षणका क्रममा ४७६ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सो अवधिमा ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।