काठमाडौं- युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरेपछि युक्रेन संकट थप चुलिएको छ।
युक्रेनमाथि रुसले जुनसुकै समयमा आक्रमण गर्न सक्ने पश्चिमा र अमेरिकाले दाबी गरिरहँदा भारतले नागरिकलाई त्यहाँबाट ल्याउने भएको छ।
भारतले एयर इण्डियाको एक विशेष विमान त्यसतर्फ पठाएको हो। पीबीएनएसको समाचारका अनुसार, एयर इण्डिया भारत-युक्रेनका बीचमा तीन विमान सञ्चालन हुनेछ।
एक विमान आज गइसकेको छ भने अरु विमान २४ र २६ तारिकमा जाने छ। युक्रेनबाट भारत आउन चाहने नागरिकलाई एयर इण्डिया बुकिङ गर्न भनिएको छ।
एयर इंडियाको पहिलो विमान आज विहान उडेको हो। यसमा २ सय भन्दा धेरै सीट भएको जनाइएको छ। उक्त विमान आज राति नै फर्कने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।