काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुनमा मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ सुन तथा चाँदीको दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।