काठमाडौं- रूसका राष्ट्रपति भ्लादमिर पुटिनले सोमबार राति राष्ट्रको नाममा सम्बोधन गरे। यस क्रममा उनले कतिपय महत्वपूर्ण विषयबारे टिप्पणी गरेर। सम्बोधनपछि उनले एक आदेशपत्रमा हस्ताक्षर गरेको बीबीसीले उल्लेख गरेको छ।
यस आदेश-पत्रको अनुसार, रूसको सेना लुहाँस्क र दोनेत्स्कमा शान्ति कायम गर्ने काम गर्नेछन्।
राष्ट्रपति पुतिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रहरु दोनेत्स्क र लुहाँस्कलाई मान्यता दिए। यसको नियन्त्रण रूस समर्थित पृथकतावादी गरिरहेका छन्।
पुटिनको यस्तो घोषणासिँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद को आपातकालीन बैठक बस्दैछ।
यस बैठकमा अमेरिकाले रूसमाथि कडा व्यवहार प्रस्तु गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ। युक्रेनमा भइरहेको ताजा घटनाक्रममाथि चीनले सबैसँग संयम बनाउन अपिल गरेको छ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को बैठकमा चीनले सबै पक्षले संयम अपनाउँदा आगामी कदमबारे सोच्नुपर्ने बताए। संकटले उग्ररुप लिने गरि अघि बढ्न नहुने चीनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।