काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिएका छन्। उनले दुवै क्षेत्रलाई अलग देशको मान्यता दिँदै सोमबार राति विद्रोहीसंग सम्झौतामा हस्ताक्षरसमेत गरेको समाचारहरमा उल्लेख छ।
यो क्षेत्रमा रुसको साथ पाएका विद्रोहीहरुको नियन्त्रण थियो। उनीहरुले युक्रेनसँग २०१४ देखि लड्दै आएका छन्।
राष्ट्रपति पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिइसकेको जनाइएको छ।
पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनाले भूमिका खेल्ने बताएका छन्। उनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भएको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।