काठमाडौं– काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ। महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी माग गरेको हो।
महानगरले करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरेको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्ने महानगरको सूचनामा उल्लेख छ।
आवेदनको म्याद ७ दिनको रहेको छ । आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिन सकिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।