काठमाडौं- लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ।
सम्पूर्ण तहका परीक्षा सम्पन्न भए पनि आयोगले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेको थियो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि आयोगले आइतबार नतिजा सार्वजनिक गरेको हो।
लोक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई सय ८१ सिफारिस भएका छन्।
स्थायी नियुक्तिका लागि व्यवस्थापिका संसद सेवाका उम्मेदवारहरुलाई संघीय संसद सचिवालय र अन्य सेवाका उम्मेदवारहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने गरी निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।