• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदन ठप्प गरेर सामाजिक सञ्जालमा प्रतिपक्षी ‘धर्म’ निभाउँदै एमाले नेताहरु

64x64
किशोर दहाल शनिबार, माघ ८, २०७८  २०:२०
1140x725

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालि मुलुकको प्रमुख कार्यकारीका रुपमा पदबहाली गरेको ६ महिना पूरा भएपछि शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरे। पूर्वनिर्धारित समयभन्दा झण्डै सवा घण्टा ढिलो, सवा चार बजे सुरु भएको उनको सम्बोधन आधा घण्टासम्म तन्कियो। केहीबेरमै एमाले महासचिव शंकर पोखरेलले सम्बोधनका समस्याहरु केलाउँदै धारणा सार्वजनिक गरे। त्यसलाई पछ्याउँदै एमालेका अन्य नेताहरु पनि जोडिए।

एमाले सचिव तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले १२ वटा बुँदामा प्रधानमन्त्रीको सम्बोधनलाई केलाएका छन्। उनको मुख्य जोड कोरोना महामारीसँग सम्बन्धित छ। १२ मध्ये ११ वटा बुँदामा उनले कोरोनालाई विषय बनाएका छन् र १२औं बुँदामा भनेका छन्- ‘प्रधानमन्त्रीको वक्तव्य थप लाजको पसारो भएको छ। यो वक्तव्य सरकार पूर्णत: असफल भएको स्वयमको घोषणा हो।'

भट्टराईबाहेक एमालेका अन्य नेताहरुले पनि सामाजिक सञ्जालमा यसबारे टिकाटिप्पणी गरिरहेका छन्। उनीहरु प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् र उनको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। तर, एमाले नेताहरुले यो सब गरिरहँदा एउटा कुरामा भने दृष्टि लगाउन चाहेका छैनन्। त्यो हो, सरकारमाथि प्रश्न उठाउने, अझ भनौं सरकारलाई कठघरामा उभ्याउन सकिने महत्त्वपूर्ण थलो सदन भने उनीहरुले नै महिनौंदेखि अवरुद्ध गरिरहेका छन्। कोरोना महामारीलाई लिएर सरकारले गरिरहेको बेवास्ता वा प्रधानमन्त्रीको सम्बोधनको विषयमा सामाजिक सञ्जालबाट सोधिने प्रश्नको जति ओज रहन्छ, त्योभन्दा कैयौं गुणा बढी ओज सदनमा सोधिने प्रश्नको रहन्छ भन्ने यथार्थसमेत उनीहरु बिर्सेझैं गरिरहेछन्।

सरकार र सत्ता गठबन्धनप्रति सामाजिक सञ्जालमा तीखा प्रश्न सोध्नेहरुमा एमाले महासचिव पोखरेल र सचिव भट्टराई मात्रै होइन, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटादेखि केन्द्रीय सदस्य विष्णु रिजालसम्म छन्। पोखरेल र रिजालबाहेक बाँकी नेताहरु प्रतिनिधि सभा सदस्य पनि हुन्।

प्रतिनिधि सभा सदस्य रहेका वा नरहेका उनीहरुले पछिल्ला दिनमा चर्चामा रहेका स्थानीय तहको निर्वाचन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिदेखि नरेन्द्र मोदीको अभिव्यक्तिसम्म प्रश्न उठाइरहेका छन्।

स्थानीय तहको निर्वाचन वैशाखमा कि कात्तिक/मंसिरमा? भन्ने बहस यतिबेला सर्वाधिक चर्चामा छ। यही चर्चाले यतिबेला मौसमको चिसो छिचोलेर राजनीतिको सरगर्मी बढाएको छ। सत्ता गठबन्धनका केही दल कात्तिक/मंसिरमा निर्वाचन गर्ने पक्षमा छन्। एमालेका नेताहरुले भने वैशाखमै निर्वाचन गर्नुपर्ने भनाइ सार्वजनिक गरिरहेका छन्। त्यस्तै, मन्त्री यादवले बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्‍याउने धम्की दिएकी थिइन्। उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। राजीनामा र कारबाहीको माग पनि भइरहेको छ।

अर्को विषय, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि नेपाली भूभाग लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए। त्यसप्रति नेपाल सरकारले प्रतिक्रिया जनाउनुपर्ने र भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने माग पनि एमाले नेताहरुले गरिरहेका छन् र त्यसो नगरेकोमा सरकार र सत्तारुढ गठबन्धनलाई ‘राष्ट्रघाती’ करार गर्ने प्रयत्न गरिरहेका छन्। 

संसदीय प्रक्रियामा सबै कुरा ठिकठाक चलिरहेका हुन्थे भने यी र यस्ता विषयले यतिखेर सदनमै प्राथमिकता पाइरहेका हुने थिए। उस्तै परे, प्रधानमन्त्रीलाई जवाफको लागि ‘रुलिङ’ हुनसक्थ्यो। सदनमा उभिएर एक एक प्रश्नको जवाफ दिनुपर्थ्यो। प्रधानमन्त्रीमाथि प्रतिप्रश्नको तीर छुट्थे। उसै पनि सदनभित्रको माहोल तात्तातो बनाउन एमाले नेताहरु पारंगत छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, सदन गत भदौदेखि अवरुद्ध छ। एमालेले आफ्ना केही माग राखेर सदनको अघिल्लो अधिवेशनको झन्डै दुई महिना अवरोधमै बिताइदियो। पछिल्लो अधिवेशनको पनि सुरुआतका केही बैठक अवरोध भएका थिए। एमालेको यही अवरोधलाई ख्याल गरेर हुनसक्छ, पछिल्ला बैठकको समय निरन्तर सूचना टाँसेर स्थगित हुँदै आएको छ। पछिल्ला दिनमा कोरोना महामारीको लहरले सदन बस्न समस्या हुनसक्थ्यो। तर, अहिले त्यस्तो तर्क गर्नुको पनि अर्थ छैन। किनभने, सदनमा भइरहेको अवरोधको कोरोनासँग कुनै साइनो छैन।

आफैंले चल्न नदिएको सदनको ढोका बन्द रहेकाले हुनसक्छ, एमालेका नेताहरु सामाजिक सञ्जालमा पोखिइरहेका छन्। पछिल्लो उदाहरण, मन्त्री यादवको अभिव्यक्तिलाई लिएर एमालेका तीन पदाधिकारी तथा प्रतिनिधि सभा सदस्यहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव योगेश भट्टराईले सामाजिक सञ्जालबाटै आपत्ति जनाए।

पोखरेलले ट्विटरमा लेखेका छन्- ‘गठबन्धनकी एउटी नेतृ /बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्‍याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन्? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन्?'

गठवन्धनकी एउटी नेतृ /वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा ) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् , विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठवन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्- बोल्दैनन् , गर्छन् गर्दैनन् ? प्रम देउवा गठवन्धनको वन्दी बनेकै हुन् ?

— Ishwar Pokhrel (@IshwarPokhrel) January 21, 2022

त्यस्तै, ज्ञवालीले ‘गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै विडम्बनापूर्ण छ' भनेका छन्।

एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को 'गौर नरसंहार'गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक र बर्बरतापूर्ण छ,यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ।अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्!

— Pradeep Gyawali (@PradeepgyawaliK) January 21, 2022

भट्टराईले भने मन्त्री यादवलाई हटाउनुपर्ने बताएका छन्। 'प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप  भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनुपर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो। अर्को बाटो छैन,’ ट्विटरमा उनले लेखका छन्।

प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।

— Yogesh Bhattarai (@yogesbhattarai) January 20, 2022

यी विषय मात्र होइन, अरु विषयमा पनि एमाले नेताहरुले प्रतिपक्षको ‘धर्म’ देखाउने ठाउँ पछिल्लो समय सामाजिक सञ्जाल बनेको छ। संघीय संसद्‍को सबभन्दा ठूलो दल हो एमाले। ऊ नै अहिलेको प्रमुख प्रतिपक्ष पनि हो। तर, उसैले गरिरहेको सदन अवरोध सरकार र सत्ता गठबन्धनलाई बेथितिमा अघि बढ्न छुट दिने उपाय बनिरहेको छ। किनभने, प्रतिपक्षले सत्तालाई प्रश्न गर्ने, लगाम लगाउने शक्ति सदनमा प्रदर्शन हुन्छ, सामाजिक सञ्जालमा होइन।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्