• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सदन ठप्प गरेर सामाजिक सञ्जालमा प्रतिपक्षी ‘धर्म’ निभाउँदै एमाले नेताहरु
64x64
किशोर दहाल शनिबार, माघ ८, २०७८  २०:२०
1140x725

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालि मुलुकको प्रमुख कार्यकारीका रुपमा पदबहाली गरेको ६ महिना पूरा भएपछि शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरे। पूर्वनिर्धारित समयभन्दा झण्डै सवा घण्टा ढिलो, सवा चार बजे सुरु भएको उनको सम्बोधन आधा घण्टासम्म तन्कियो। केहीबेरमै एमाले महासचिव शंकर पोखरेलले सम्बोधनका समस्याहरु केलाउँदै धारणा सार्वजनिक गरे। त्यसलाई पछ्याउँदै एमालेका अन्य नेताहरु पनि जोडिए।

एमाले सचिव तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले १२ वटा बुँदामा प्रधानमन्त्रीको सम्बोधनलाई केलाएका छन्। उनको मुख्य जोड कोरोना महामारीसँग सम्बन्धित छ। १२ मध्ये ११ वटा बुँदामा उनले कोरोनालाई विषय बनाएका छन् र १२औं बुँदामा भनेका छन्- ‘प्रधानमन्त्रीको वक्तव्य थप लाजको पसारो भएको छ। यो वक्तव्य सरकार पूर्णत: असफल भएको स्वयमको घोषणा हो।'

भट्टराईबाहेक एमालेका अन्य नेताहरुले पनि सामाजिक सञ्जालमा यसबारे टिकाटिप्पणी गरिरहेका छन्। उनीहरु प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् र उनको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। तर, एमाले नेताहरुले यो सब गरिरहँदा एउटा कुरामा भने दृष्टि लगाउन चाहेका छैनन्। त्यो हो, सरकारमाथि प्रश्न उठाउने, अझ भनौं सरकारलाई कठघरामा उभ्याउन सकिने महत्त्वपूर्ण थलो सदन भने उनीहरुले नै महिनौंदेखि अवरुद्ध गरिरहेका छन्। कोरोना महामारीलाई लिएर सरकारले गरिरहेको बेवास्ता वा प्रधानमन्त्रीको सम्बोधनको विषयमा सामाजिक सञ्जालबाट सोधिने प्रश्नको जति ओज रहन्छ, त्योभन्दा कैयौं गुणा बढी ओज सदनमा सोधिने प्रश्नको रहन्छ भन्ने यथार्थसमेत उनीहरु बिर्सेझैं गरिरहेछन्।

सरकार र सत्ता गठबन्धनप्रति सामाजिक सञ्जालमा तीखा प्रश्न सोध्नेहरुमा एमाले महासचिव पोखरेल र सचिव भट्टराई मात्रै होइन, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटादेखि केन्द्रीय सदस्य विष्णु रिजालसम्म छन्। पोखरेल र रिजालबाहेक बाँकी नेताहरु प्रतिनिधि सभा सदस्य पनि हुन्।

प्रतिनिधि सभा सदस्य रहेका वा नरहेका उनीहरुले पछिल्ला दिनमा चर्चामा रहेका स्थानीय तहको निर्वाचन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिदेखि नरेन्द्र मोदीको अभिव्यक्तिसम्म प्रश्न उठाइरहेका छन्।

स्थानीय तहको निर्वाचन वैशाखमा कि कात्तिक/मंसिरमा? भन्ने बहस यतिबेला सर्वाधिक चर्चामा छ। यही चर्चाले यतिबेला मौसमको चिसो छिचोलेर राजनीतिको सरगर्मी बढाएको छ। सत्ता गठबन्धनका केही दल कात्तिक/मंसिरमा निर्वाचन गर्ने पक्षमा छन्। एमालेका नेताहरुले भने वैशाखमै निर्वाचन गर्नुपर्ने भनाइ सार्वजनिक गरिरहेका छन्। त्यस्तै, मन्त्री यादवले बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्‍याउने धम्की दिएकी थिइन्। उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। राजीनामा र कारबाहीको माग पनि भइरहेको छ।

अर्को विषय, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि नेपाली भूभाग लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए। त्यसप्रति नेपाल सरकारले प्रतिक्रिया जनाउनुपर्ने र भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने माग पनि एमाले नेताहरुले गरिरहेका छन् र त्यसो नगरेकोमा सरकार र सत्तारुढ गठबन्धनलाई ‘राष्ट्रघाती’ करार गर्ने प्रयत्न गरिरहेका छन्। 

संसदीय प्रक्रियामा सबै कुरा ठिकठाक चलिरहेका हुन्थे भने यी र यस्ता विषयले यतिखेर सदनमै प्राथमिकता पाइरहेका हुने थिए। उस्तै परे, प्रधानमन्त्रीलाई जवाफको लागि ‘रुलिङ’ हुनसक्थ्यो। सदनमा उभिएर एक एक प्रश्नको जवाफ दिनुपर्थ्यो। प्रधानमन्त्रीमाथि प्रतिप्रश्नको तीर छुट्थे। उसै पनि सदनभित्रको माहोल तात्तातो बनाउन एमाले नेताहरु पारंगत छन्।

Ncell 2
Ncell 2

तर, सदन गत भदौदेखि अवरुद्ध छ। एमालेले आफ्ना केही माग राखेर सदनको अघिल्लो अधिवेशनको झन्डै दुई महिना अवरोधमै बिताइदियो। पछिल्लो अधिवेशनको पनि सुरुआतका केही बैठक अवरोध भएका थिए। एमालेको यही अवरोधलाई ख्याल गरेर हुनसक्छ, पछिल्ला बैठकको समय निरन्तर सूचना टाँसेर स्थगित हुँदै आएको छ। पछिल्ला दिनमा कोरोना महामारीको लहरले सदन बस्न समस्या हुनसक्थ्यो। तर, अहिले त्यस्तो तर्क गर्नुको पनि अर्थ छैन। किनभने, सदनमा भइरहेको अवरोधको कोरोनासँग कुनै साइनो छैन।

आफैंले चल्न नदिएको सदनको ढोका बन्द रहेकाले हुनसक्छ, एमालेका नेताहरु सामाजिक सञ्जालमा पोखिइरहेका छन्। पछिल्लो उदाहरण, मन्त्री यादवको अभिव्यक्तिलाई लिएर एमालेका तीन पदाधिकारी तथा प्रतिनिधि सभा सदस्यहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव योगेश भट्टराईले सामाजिक सञ्जालबाटै आपत्ति जनाए।

पोखरेलले ट्विटरमा लेखेका छन्- ‘गठबन्धनकी एउटी नेतृ /बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्‍याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन्? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन्?'

गठवन्धनकी एउटी नेतृ /वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा ) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् , विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठवन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्- बोल्दैनन् , गर्छन् गर्दैनन् ? प्रम देउवा गठवन्धनको वन्दी बनेकै हुन् ?

— Ishwar Pokhrel (@IshwarPokhrel) January 21, 2022

त्यस्तै, ज्ञवालीले ‘गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै विडम्बनापूर्ण छ' भनेका छन्।

एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को 'गौर नरसंहार'गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक र बर्बरतापूर्ण छ,यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ।अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्!

— Pradeep Gyawali (@PradeepgyawaliK) January 21, 2022

भट्टराईले भने मन्त्री यादवलाई हटाउनुपर्ने बताएका छन्। 'प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप  भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनुपर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो। अर्को बाटो छैन,’ ट्विटरमा उनले लेखका छन्।

प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।

— Yogesh Bhattarai (@yogesbhattarai) January 20, 2022

यी विषय मात्र होइन, अरु विषयमा पनि एमाले नेताहरुले प्रतिपक्षको ‘धर्म’ देखाउने ठाउँ पछिल्लो समय सामाजिक सञ्जाल बनेको छ। संघीय संसद्‍को सबभन्दा ठूलो दल हो एमाले। ऊ नै अहिलेको प्रमुख प्रतिपक्ष पनि हो। तर, उसैले गरिरहेको सदन अवरोध सरकार र सत्ता गठबन्धनलाई बेथितिमा अघि बढ्न छुट दिने उपाय बनिरहेको छ। किनभने, प्रतिपक्षले सत्तालाई प्रश्न गर्ने, लगाम लगाउने शक्ति सदनमा प्रदर्शन हुन्छ, सामाजिक सञ्जालमा होइन।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्