• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्री यादवको विवादास्पद अभिव्यक्तिविरुद्ध बोल्न थाले कांग्रेस नेता

64x64
नेपाल लाइभ शनिबार, माघ ८, २०७८  १७:०६
1140x725

काठमाडौं- 'गौर नरसंहार' दोहोर्‍याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको विवादास्पद अभिव्यक्तिविरुद्ध कांग्रेस नेताहरुले आवाज उठाउन थालेका छन्। चौतर्फी दबाब सिर्जना भए पनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने अझै मौन छन्।

मन्त्री यादवको उक्त विवादास्पद अभिव्यक्तिविरुद्ध सत्ताको नेतृत्व गरिरहेको पार्टी कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर, कांग्रेस नेताहरुले भने उक्त अभिव्यक्तिविरुद्ध आफ्ना धारणा राख्न थालेका हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री यादवलाई पदमुक्त गर्नैपर्ने धारणा सार्वजनिक गरेका छन्। मन्त्री यादवले पदीय मर्यादाविपरीत हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासामू तीन विकल्प प्रस्तुत गरेका छन्।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प’ भन्दै सामाजिक सञ्जालमार्फत् पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।

शर्माले तीनवटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रहसमेत गरेका छन्। शर्माले भनेका छन्, ‘स्वयं व्यक्तिद्वारा भूल स्वीकार र क्षमायाचना वा सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा वा पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै शर्माले तीन उपचारका पछिल्तिर तीन कारणसमेत औंल्याएका छन्। राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवारी हुनुपर्ने उनले बताएका छन्।

कांग्रेसका अर्का नेता प्रदीप पौडेलको पनि मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको ठहर छ। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ। हिंसालाई प्रोत्साहन दिने, द्वन्द्व निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन्।'

अझ जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरीत रहेको उनको भनाइ छ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को 'गौर नरसंहार'गराएर हत्या गर्ने खुला धम्की दिएको भन्दै विरोध जनाएका छन्। उनले भनेका छन्, 'यो आपत्तिजनक छ, यो गम्भीर विषयमा मन्त्रीको  सम्बन्धित दलले  तुरुन्तै आफ्नो धारणा सार्वजनिक गरोस्। मुलुकमा अस्थिर ल्याउने अभिव्यक्ति बन्द गर।'

मन्त्री यादवले बुधबार रौतहट जिल्ला सदरमुकाममा आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा सीके राउतको ज्यान लिने धम्की दिएकी थिइन्। उनले 'गौर नरसंहार'को उदाहरण दिँदै दोहोर्‍याउने धम्की दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

मन्त्री यादवको अभिव्‍यक्तिको आलोचना गर्दै उनलाई बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना भइरहेको छ। मन्त्री यादवको पार्टी सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक जनता समाजवादी पार्टीले यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व संकलन
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
सम्बन्धित सामग्री
भरतपुरमा रास्वपा केन्द्रीय समिति बैठक बस्दै महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो । शनिबार, असार ६, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बसेको बैठकका ६ निर्णय सार्वजनिक गरेका हुन् । शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] आज पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकको निर्णय सार्वजनिक गरेका हुन्। शुक्रबार, असार ५, २०८३
ताजा समाचारसबै
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह शनिबार, असार ६, २०८३
ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व संकलन शनिबार, असार ६, २०८३
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध शनिबार, असार ६, २०८३
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता शनिबार, असार ६, २०८३
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ’: पर्यटन मन्त्री पौडेल शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्