काठमाडौं– नेकपा माओवादी केन्द्रको यसअघि स्थायी समितिमा रहेका नेताहरुको अनौपचारिक बैठकले राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ।
माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकालाई जिताउन नेताहरुलाई निर्देशन दिएको हो। शनिवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सभा र कोरोना संक्रणका विषयमा समेत छलफल भएको नेता गिरिराजमणि पोखरेलले बताए।
यसअघि केन्द्रीय समिति बैठक बस्ने भनिए पनि कोरोना संक्रमण बढेकाले सामाजिक दूरी कायम गरी स्थायी समिति बैठक बसेको हो। अब बस्ने केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।