फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार)का लागि सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले आज बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्।
स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उनले बताए।
शुक्रबार देशका नाममा सम्बोधन गरेका प्रधानमन्त्री देउवाले अबको १ वर्ष भित्रै तीनै तह (संघ, प्रदेश र स्थानीय)को निर्वाचन गर्ने सरकारको दायित्व रहेको बताएका थिए।
प्रधानमन्त्रीको सम्बोधनपछि शुक्रबारै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धको उच्चस्तरीय समन्वय समितिको बैठकले स्थानीय निर्वाचनबारे संविधान र ऐन बाझिएको निष्कर्ष निकाल्दै कानुनविद्को राय लिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।