काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शनिबार)का लागि सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रम देउवाले भोलि बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्।
स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।