• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जसपामा चर्कियो विवाद, बाबुराम पक्षले गर्‍यो बैठक बोलाउन माग
64x64
नेपाल लाइभ मंगलबार, माघ ४, २०७८  १४:४१
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईपक्षले पार्टीको बैठक बोलाउन माग गरेका छन्। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मनोमानी ढंगले चलाएको भन्दै छलफलका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउन माग गरिएको कार्यकारिणी सदस्य नवराज सुवेदीले बताए।

यादवले बैठक बोलाउन आनाकानी गरेमा कार्यकारिणी समितिमा बहुमत जुटाएर बैठक बसाउने तयारी समेत यो पक्षले गरेको छ।

गत साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्रपक्षले पाएपछि महन्थ ठाकुरपक्षले नयाँ पार्टी दर्ता गरेको थियो। विवादको एक पक्षले अर्कै पार्टी गठन गरेको केही महिना नबित्दै जसपाभित्र अर्को विवाद उत्पन्न भएको हो। अहिले भट्टराई र राई एक पक्षमा छन् भने यादव अर्को पक्षमा छन्।

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै कार्यकारिणी समिति बैठक नबोलाए विधान बमोजिम अघि बढ्ने आफूहरुको तयारी रहेको सुवेदीको भनाइ छ। ‘बाबुराम र अशोकजीलाई उपेन्द्रजीसँग समन्वय गरेर बैठक बोलाउन भनिएको छ। उहाँ (यादव)ले आनाकानी गरेमा बैठक बोलाउनेतिर परिस्थिति जान्छ’, उनले भने, ‘तर, पार्टीका सबै नेताको समन्वयमा बैठक बस्नेमा आशावादी छु। सायद बस्न सक्छ।’

जसपामा यादव र भट्टराईबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने निर्णय हुँदादेखि नै विवाद सतहमा आउन थालेको हो। सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न जसपाले यादवसहित भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदल बनाउँदा तीन नेताबीचको आपसी परामर्शमा मात्र मन्त्री चयनबारे निर्णय गर्ने भनिएको थियो। तर, यादवले आफूनिकट नेतालाई मात्र समेटेर सरकारमा सहभागी गराएपछि भट्टराई र राई असन्तुष्ट बनेका थिए।

Ncell 2
Ncell 2

मन्त्री बनाउँदा यादवले आफू निकटका नेताहरुकै पनि चित्त बुझाउन सकेका थिएनन्। जसका कारण प्रदीप यादव र मोहम्मत इस्तियाक राई, प्रमोद साह लगायत नेताहरुले असन्तुष्टि पोखेका थिए। प्रदीप यादवले त आफूलाई मन्त्री नबनाएपछि पार्टी कार्यालयमा प्रदर्शन गराउनुका साथै आफ्नै पार्टी अध्यक्षको समेत पुत्ला जलाएका थिए।

पार्टीमा यादवले सामूहिक भावनाको कदर नगरेकोमा पनि बाबुराम र अशोकपक्ष असन्तुष्ट भएका छन्। पार्टीलाई समाजवादी केन्द्र बनाएर बहस, छलफल गर्दै अघि बढ्नुपर्नेमा यादवले त्यसलाई बेवास्ता गरेको उनीहरुको बुझाइ छ। पार्टीलाई वैचारिक रुपमा समाजवादी केन्द्रको ध्रुवीकरणतिर लैजान नसकिएको सुवेदीले बताए।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनले यो दूरी थप बढाएको छ। यादवले आफू अनुकूल उम्मेदवार बनाएको भन्दै अर्को पक्ष असन्तुष्ट बनेको हो। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा सुवेदी जान खोजेपनि यादवले उनलाई रोकेर कांग्रेसलाई छाडिदिएका थिए। राष्ट्रिय सभा निर्वाचनपछि जसपामा विवाद थप छताछुल्ल हुने देखिन्छ।

जसपाबाट अलग्गिएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि बाबुरामले संगठन सुदृढीकरण (सुज) अभियान भन्दै देशैभर गतिविधि गरिरहेका थिए। यही अभियानका नाममा बाबुराम र अशोक लगायत नेताहरु कैयौं जिल्ला पुगे। गत भदौ १ गतेदेखि पुस मसान्तमा सो अभियान सकिएको छ।

सुज अभियान देशैभर चलाउँदा भट्टराईले आफू पक्षको संगठन बलियो बनाएको भन्दै यादव पक्षले त्यसलाई बेग्लै पार्टीको अभ्यासका रुपमा अर्थ्याएको छ। त्यसले यादवपक्षलाई असन्तुष्ट बनाएको छ। यही कारण हुनसक्छ, यादवपक्षले भट्टराईको यो अभियानलाई कतै पनि सहयोग गरेन। संगठन सुदृढीकरण अभियान चलाउँदा पनि यादवपक्षबाट सहयोग नपाएको भन्दै भट्टराईपक्ष पनि असन्तुष्ट बनेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
सम्बन्धित सामग्री
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’ का विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय एमालेमै रहेर... शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा सहभागी हुन शनिबार बेलुकी त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले... शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । शनिबार, असार १४, २०८२
ताजा समाचारसबै
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान शनिबार, असार १४, २०८२
इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा ३९ जना प्यालेस्टिनीको मृत्यु शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्