फाइल तस्बिर
काठमाडौं– सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन सहयोग संयन्त्रको बैठक बस्दैछ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा संयन्त्रको बैठकबारे निर्णय भएको थियो।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको अध्यक्ष प्रचण्का स्वकीउ सचिव रमेश मल्लले जानकारी दिए।
सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको उनले बताए। प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा आज मंगलबार बिहान ९ बजे बस्ने गरी पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बोलाउने सहमति पनि उनको भनाइ छ।
आजको बैठकमा आसन्न निर्वाचन एवं सामसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ। कोभिड–१९ बाट सङ्क्रमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिनयता निजी निवासको आइसोलेसनमा नै बसेका थिए। आइतबार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अध्यक्ष प्रचण्डले पुनः राजनीतिक भेटघाटलाई निरन्तरता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।