काठमाडौं– एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा फर्कने भएका छन्।
शुक्रबारलाई मन्त्रिपरिषद्को बैठक पनि बोलाइएको छ भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने अन्य कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम छ।
गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरुमा कोभिडको लक्षण देखिएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।