काठमाडौं- नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमन नभएसम्म न्यायालय सुधार सम्भव नभएको बताएका छन्।
काठमाडौंमा मंगलबार सम्पादकहरुसँग छलफल गर्दै बार अध्यक्ष श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्। कात्तिकदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा रहेको बारले न्यायालय बिग्रनुको मुख्य कारण राणा नै भएको आरोप लगाएको हो।
‘बारले आन्दोलन थालेको ७४ दिन पुग्यो राजीनामा पनि नदिने, काम पनि नगर्ने काम प्रधानन्यायाधीशबाट भयो’ उनले भने ‘राष्ट्रिय झण्डाको दुरूपयोग गरिरहेकाले दलहरूले अबिलम्ब कदम चाल्नुपर्छ ।’
बारले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने भन्दै १७ बुँदे ज्ञापनपत्र बुझाएको तर दलहरुले त्यसतर्फ काम नगरेको उनले आरोप लगाए। बार र न्यायाधीशहरुको बिरोधकै कारण अहिले सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोकेर मुद्दाको सुनुवाइ हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।