काठमाडौं– नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।
कार्यकारी निर्देशक दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।
नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफेटेरिया बनाउन जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको छानबिन समितिले औंल्याएको थियो। छानबिन समितिले मिलेमतोमा सम्झौता भएको प्रतिवेदन बुझाएसँगै दाहालले राजीनामा बुझाएका हुन्।
जग्गा भाडा दिएको विषय विवादित बनेपछि मन्त्री आलेको निर्देशनमा छानबिन समिति बनेको थियो। समितिले पुस २६ गते मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।