काठमाडौं- प्रतिनिधि सभाको बैठक फेरि सरेको छ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै बैठक बस्ने दिन परिवर्तन भएको जनाएका हुन्।
पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधि सभाको बैठक अब माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको गौतमले जानकारी दिए।
यसअघि पुस १८ मा बैठक तोकिएको थियो। तर त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो। बैठकको अघिल्लो दिन सूचना निकालेर २८ गते बुधबारका लागि सारिएको थियो। तर फेरि सूचना निकालेर माघ ३ गतेका लागि सारिएको छ।
संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गर्दै आएको छ। सहजरुपमा संसद चल्ने वातावरण बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।