काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकहरूले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताएका छन्।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने बताएका हुन्।
उनले विमानस्थलमा श्रमिकहरूका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभूति भएको बताए। मन्त्री श्रेष्ठले ईपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमिकलाई इज्जत र व्यवस्थापनका साथ पठाउनका लागि विमानस्थल पुगेको बताए।
मन्त्री श्रेष्ठले विमानस्थलमा धेरै कुराहरूको कमी रहेको अनुभूति मन्त्रालयलाई भएको भन्दै क्रमशः कमजोरीहरूको समाधान गरिने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।