काठमाडौं– अवैध यार्सागुम्बासहित प्रहरीले ठमेलमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले कालिकोटका राज हमाल, कैलालीका नरीलाल कोइराला र जुम्लाका दानबहादुर रोकायलाई पक्राउ गरेको हो।
आइतबार इन्सपेक्टर जितेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ठमेलको ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट एक किलो यार्सागुम्बा बरामद भएको काठमाडौं परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।