काठमाडौं– नेपाली सेनाले ठूलो संख्यामा अधिकृतको माग गरेको छ। सेनाले दुई सय २९ जना अधिकृत क्याडेट माग गर्दै आवेदन खुला गरेको हो। सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले अधिकृत क्याडेट माग गर्दै आइतबार सूचना निकालेको हो।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएकोमा माघ १७ गतेसम्म आवेदन दिन सकिने निर्देशनालयले जनाएको छ।
खुलातर्फ १२६, महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।
अधिकृत क्याडेटका लागि १२ कक्षा उत्तीर्ण १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका लाई भने २४ वषसम्मको उमेर हद तोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।