• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

तरलता संकटले बैंकिङ क्षेत्र त्राहिमाम, कर्जा दिनै नसक्ने अवस्थामा बैंकहरू 

64x64
सुमित्रा कार्की शनिबार, पुस ३, २०७८  १७:३७
1140x725

काठमाडौं– केही महिना पहिलेदेखि नै सुरु भएको र पछिल्लो समय चुलिएको तरलता अभावका कारण बैंक तथा वित्तिय संस्थाहरु अब कर्जा प्रवाह नै गर्न नसक्ने अवस्थामा पुगेका छन्।

अहिले समग्र वित्तीय क्षेत्र तरलता संकटले त्राहिमाम छ। यसको मारमा सेवाग्राही झन् कतिसम्म परेका छन् भने व्यवसायीहरु २० लाख रुपैयाँ कर्जा माग्न क श्रेणीको बैंकमा पुग्दा पनि नपाउने अवस्था सिर्जना भएको छ।

एक व्यवसायीले भने, ‘मैले व्यक्तिगत व्यवसाय प्रयोजनको लागि २० लाख रुपैयाँको कर्जा माग्दै क श्रेणीको वाणिज्य बैंकका डेपुटी सीइओसम्मलाई गुहारेँ। उहाँसँग पुरानै सम्बन्ध रहेपनि कर्जा दिनै नसक्ने, बरु आफूसँग रहेको केही रकम सापटी दिन सक्ने निरीहता सुनाउनुभयो।’

बैंकरहरुको संगठन, नेपाल बैंकर्स एसोसिएसनको मंसिर १७ गतेसम्मको तथ्यांक हेर्दा बैंकिङ क्षेत्रबाट ४० खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ भने ४२ खर्ब २१ अर्ब निक्षेप संकलन भएको छ। बैंकमा निक्षेप संकलन ६ वर्ष यताकै न्यून भएको छ। त्यस्तै कर्जा लगानी भने ६ वर्षयताकै उच्च भएको छ।

कसरी भयो तरलता संकट? 
तरलता संकट योविघ्न चुलिनुको प्रमुख कारण अहिलेको नीतिगत अवस्था रहेको एक बैंकर बताउँछन्। नियामक निकायले विभिन्न क्षेत्रका लागि बनाएर लागू गरेका नीति तथा निर्देशनले अर्थतन्त्रलाई संकुचित बनाउँदै लगेको उनको टिप्पणी छ। उनी भन्छन्, ‘त्यहीकारण अहिले अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा पुगेको छ।’ 

कोरोना महामारी सुरु भएसँगै बैंक तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिएर बस्यो। ती बैंकरका अनुसार लामो लकडाउन खुलेपछि नेपाल राष्ट्र बैंकले पनि ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधाहरु दिन थाल्यो। त्यस्तै, पहिले कर्जा लिएका ऋणीलाई ऋण तिर्ने तथा पुनर्कर्जा लिन सक्ने व्यवस्थाहरु ल्यायो।

‘यसकारण व्यवसायीहरुले आक्रामक भएर कर्जा लिन थाले, बैंकले पनि भनेजति कर्जा दिँदै गयो। तर, बैंकमा पैसा भने आएन, बैंकबाट बाहिर जानेक्रम मात्र बढ्यो। चालु आर्थिक वर्षमा ६ वर्षयताकै सबभन्दा धेरै कर्जा लगानी भएको छ, ६ वर्ष यताकै न्यून निक्षेप संकलन भएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण एउटा यही हो’, उनले भने।

तरलता संकट आउनुको अर्को कारण अहिले रेमिट्यान्स घटेको छ। नेपालको अर्थतन्त्र धान्ने महत्त्वपूर्ण माध्यम बनेको रेमिट्यान्स घट्नुको असर पनि तरलतामामै आएर ठोक्किएको ती बैंकर बताउँछन्। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यस आर्थिक वर्षको तीन महिनामा (असोजसम्म) रेमिट्यान्स ७.५ प्रतिशत घटेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तरलता संकटको तेस्रो कारण सरकारको पुँजीगत खर्च कम हुनु हो। अहिले सरकारी खर्च घटेको छ। उनी भन्छन्, ‘चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ, खर्च भने १ खर्ब ३२ अर्बको हाराहारीमा मात्र भएको छ। यो पनि एउटा कारण हो।’

यस्तै, चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ११ प्रतिशतले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ। यसले पनि तरलतामा दबाव देखिएको उनको बुझाइ छ।  

कुन क्षेत्र बढी प्रभावित?
तरलता संकटको असर सम्पूर्ण आर्थिक क्षेत्रमा परेको जानकारहरु बताउँछन्। बैंकहरुले अहिले अति आवश्यक भएका ऋणीलाई मात्र ऋण दिइरहेको नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी निर्देशक अनिल उपाध्याय बताउँछन्। 

तरलता अभाव भएकाले बैंकहरुले व्यवसायीलाई कर्जा दिन नसकेका वा भनेजति दिन नसकेका धेरै उदाहरण छन्। उनी भन्छन्, ‘कति बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) राष्ट्र बैंकले तोकेको विन्दुभन्दा माथि पुगेको छ। यस्ता बैंकले कर्जा लगानी गर्न सक्ने अवस्था छैन। केही बैंकको रेसियोले राष्ट्र बैंकको निर्देशन ननाघेकाले त्यहाँबाट भने केही कर्जा प्रवाह भइरहेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो अवस्थामा आत्तिनु भन्दा समायोजित भएर बैंकहरुले लगानी गरेमा यो समस्या विस्तारै हट्दै जाने उपाध्यायको आकलन छ। यसमा बैंकर, व्यवसायी र नियामक  निकायको भूमिकासमेत सकारात्मक हुनुपर्ने उनले बताए।  

नयाँ व्यवयाय संकटमा
तरलता अभावबाट प्रभावित क्षेत्र यो वा त्यो भन्ने नै रहेन। यसको असर सर्वत्र छ। अझ नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि त यो सुरुआतमै तगारो बनेको छ। कर्जा लिएर व्यवसाय सुरु गर्ने योजना बनाएका नयाँ लगानीकर्ताले यतिबेला कर्जा पाउने अवस्था नै छैन। कसैले अनेक उपाय गरेर पाइहाले ब्याजदर एकदमै मंहगो छ। त्यसबाट व्यवसायी झन् मार्कामा पर्ने देखिन्छ।

अहिले बैंकबाट ऋण लिएर व्यवसाय गर्ने मात्र होइन, समग्र वित्तिय क्षेत्रबाटै कर्जा लिन समस्या रहेको जानकारहरु बताउँछन्। विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनी जता पनि कर्जा दिन सक्ने अवस्था नरहेको नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका कायकारी अधिकृत प्रकाशराज शर्मा बताउँछन्। 

सबभन्दा ठूलो असर लघुवित्त क्षेत्रमा
बैकिङ क्षेत्रभन्दा माइक्रो फाइनान्सको क्षेत्रमा तरलताको बढी दवाब सिर्जना भएको शर्माको भनाइ छ। उनी भन्छन्, ‘तरलता संकटको सबभन्दा ठूलो असर लघुवित्त क्षेत्रमा छ, किनभने लघुवित्तले पैसाको लगानी गर्ने हो। अहिले उनीहरु वित्तीय पहुँचबाहिर गएर लगानी गर्दैछन्। लघुवित्त क्षेत्रका ग्राहक करिब ५२ लाख छन्। सबै क्षेत्रमा केन्द्रित ग्राहकको माग धान्न २० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न आवश्यक छ। तर, त्यो क्षमता नै छैन।’

अहिले कर्जा दिनलाई लघुवित्त क्षेत्रमा पैसा नै नभएको शर्मा बताउँछन्। लघुवित्तले कर्जा दिनलाई पैसा ल्याउने ठाउँ वाणिज्य बैंक हो। उनी भन्छन्, ‘बैंकबाट कर्जा लिँदा बैंकले नै लघुवित्तलाई १२, १३ प्रतिशत ब्याजदरमा कर्जा दिन्छन्। हामीलाई राष्ट्र बैंकले कर्जाको १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाइँदैन भनेको छ। १३ प्रतिशतमा कर्जा लिएर १५ प्रतिशतमा लगानी गर्दा हाम्रो सञ्चालन खर्च नै पुग्दैन। त्यसमाथि बैंकहरु अहिले यही कर्जा पनि दिनसक्ने अवस्थामा छैनन्।’

यो पनि पढ्नुहोस्

तरलता अभाव : त्रास कि वास्तविकता?सोमबार, मंसिर ६, २०७८

तरलता संकटले लघुवित्त क्षेत्रमा कर्जा लगानी र निक्षेप संकलन दुवै गर्न नसक्ने अवस्था सिर्जना भएको छ। शर्मा भन्छन्, ‘ग्राहकलाई कर्जा दिन नसक्दा बजारमा ग्राहकसँग भएको पैसा पनि हाम्रो निक्षेपमा आउन सकेको छैन। किनभने हामीले कर्जाको ग्यारेन्टी दिन नस्कदा ग्राहकले आफूसँग भएको पैसा निक्षेपमा राख्न हामीलाई विश्वास गर्न छाडेका छन्। यसले गर्दा निक्षेप संकलनमा पनि समस्या आएको छ।’

कहिलेसम्म रहन्छ तरलता संकट?
तरलता संकट कहिले हट्छ भन्ने निश्चित छैन। जानकारहरु अझै दुई महिनाभन्दा बढी समय यो संकट रहिरहने अनुमान गर्छन्। बैंकहरुमा निक्षेप बढ्न थालेपछि मात्र यो समस्या हल हुने नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्याय बताउँछन्।

चालु आर्थिक वर्षको ६ महिना पछिबाट (माघदेखि) सरकारी खर्च बढ्ने अनुमान रहेकाले आउँदो माघबाट यस्तो समस्या घट्ने अनुमान छ। अर्थमन्त्री जनार्दन शर्माले सरोकारवालासँग निरन्तर छलफल गरेर सरकारी पूँजीगत खर्च बढाउन निर्देशन दिएका छन्। 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्