• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

तरलता संकटले बैंकिङ क्षेत्र त्राहिमाम, कर्जा दिनै नसक्ने अवस्थामा बैंकहरू 

64x64
सुमित्रा कार्की शनिबार, पुस ३, २०७८  १७:३७
1140x725

काठमाडौं– केही महिना पहिलेदेखि नै सुरु भएको र पछिल्लो समय चुलिएको तरलता अभावका कारण बैंक तथा वित्तिय संस्थाहरु अब कर्जा प्रवाह नै गर्न नसक्ने अवस्थामा पुगेका छन्।

अहिले समग्र वित्तीय क्षेत्र तरलता संकटले त्राहिमाम छ। यसको मारमा सेवाग्राही झन् कतिसम्म परेका छन् भने व्यवसायीहरु २० लाख रुपैयाँ कर्जा माग्न क श्रेणीको बैंकमा पुग्दा पनि नपाउने अवस्था सिर्जना भएको छ।

एक व्यवसायीले भने, ‘मैले व्यक्तिगत व्यवसाय प्रयोजनको लागि २० लाख रुपैयाँको कर्जा माग्दै क श्रेणीको वाणिज्य बैंकका डेपुटी सीइओसम्मलाई गुहारेँ। उहाँसँग पुरानै सम्बन्ध रहेपनि कर्जा दिनै नसक्ने, बरु आफूसँग रहेको केही रकम सापटी दिन सक्ने निरीहता सुनाउनुभयो।’

बैंकरहरुको संगठन, नेपाल बैंकर्स एसोसिएसनको मंसिर १७ गतेसम्मको तथ्यांक हेर्दा बैंकिङ क्षेत्रबाट ४० खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ भने ४२ खर्ब २१ अर्ब निक्षेप संकलन भएको छ। बैंकमा निक्षेप संकलन ६ वर्ष यताकै न्यून भएको छ। त्यस्तै कर्जा लगानी भने ६ वर्षयताकै उच्च भएको छ।

कसरी भयो तरलता संकट? 
तरलता संकट योविघ्न चुलिनुको प्रमुख कारण अहिलेको नीतिगत अवस्था रहेको एक बैंकर बताउँछन्। नियामक निकायले विभिन्न क्षेत्रका लागि बनाएर लागू गरेका नीति तथा निर्देशनले अर्थतन्त्रलाई संकुचित बनाउँदै लगेको उनको टिप्पणी छ। उनी भन्छन्, ‘त्यहीकारण अहिले अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा पुगेको छ।’ 

कोरोना महामारी सुरु भएसँगै बैंक तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिएर बस्यो। ती बैंकरका अनुसार लामो लकडाउन खुलेपछि नेपाल राष्ट्र बैंकले पनि ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधाहरु दिन थाल्यो। त्यस्तै, पहिले कर्जा लिएका ऋणीलाई ऋण तिर्ने तथा पुनर्कर्जा लिन सक्ने व्यवस्थाहरु ल्यायो।

‘यसकारण व्यवसायीहरुले आक्रामक भएर कर्जा लिन थाले, बैंकले पनि भनेजति कर्जा दिँदै गयो। तर, बैंकमा पैसा भने आएन, बैंकबाट बाहिर जानेक्रम मात्र बढ्यो। चालु आर्थिक वर्षमा ६ वर्षयताकै सबभन्दा धेरै कर्जा लगानी भएको छ, ६ वर्ष यताकै न्यून निक्षेप संकलन भएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण एउटा यही हो’, उनले भने।

तरलता संकट आउनुको अर्को कारण अहिले रेमिट्यान्स घटेको छ। नेपालको अर्थतन्त्र धान्ने महत्त्वपूर्ण माध्यम बनेको रेमिट्यान्स घट्नुको असर पनि तरलतामामै आएर ठोक्किएको ती बैंकर बताउँछन्। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यस आर्थिक वर्षको तीन महिनामा (असोजसम्म) रेमिट्यान्स ७.५ प्रतिशत घटेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तरलता संकटको तेस्रो कारण सरकारको पुँजीगत खर्च कम हुनु हो। अहिले सरकारी खर्च घटेको छ। उनी भन्छन्, ‘चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ, खर्च भने १ खर्ब ३२ अर्बको हाराहारीमा मात्र भएको छ। यो पनि एउटा कारण हो।’

यस्तै, चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ११ प्रतिशतले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ। यसले पनि तरलतामा दबाव देखिएको उनको बुझाइ छ।  

कुन क्षेत्र बढी प्रभावित?
तरलता संकटको असर सम्पूर्ण आर्थिक क्षेत्रमा परेको जानकारहरु बताउँछन्। बैंकहरुले अहिले अति आवश्यक भएका ऋणीलाई मात्र ऋण दिइरहेको नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी निर्देशक अनिल उपाध्याय बताउँछन्। 

तरलता अभाव भएकाले बैंकहरुले व्यवसायीलाई कर्जा दिन नसकेका वा भनेजति दिन नसकेका धेरै उदाहरण छन्। उनी भन्छन्, ‘कति बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) राष्ट्र बैंकले तोकेको विन्दुभन्दा माथि पुगेको छ। यस्ता बैंकले कर्जा लगानी गर्न सक्ने अवस्था छैन। केही बैंकको रेसियोले राष्ट्र बैंकको निर्देशन ननाघेकाले त्यहाँबाट भने केही कर्जा प्रवाह भइरहेको छ।’

यो अवस्थामा आत्तिनु भन्दा समायोजित भएर बैंकहरुले लगानी गरेमा यो समस्या विस्तारै हट्दै जाने उपाध्यायको आकलन छ। यसमा बैंकर, व्यवसायी र नियामक  निकायको भूमिकासमेत सकारात्मक हुनुपर्ने उनले बताए।  

नयाँ व्यवयाय संकटमा
तरलता अभावबाट प्रभावित क्षेत्र यो वा त्यो भन्ने नै रहेन। यसको असर सर्वत्र छ। अझ नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि त यो सुरुआतमै तगारो बनेको छ। कर्जा लिएर व्यवसाय सुरु गर्ने योजना बनाएका नयाँ लगानीकर्ताले यतिबेला कर्जा पाउने अवस्था नै छैन। कसैले अनेक उपाय गरेर पाइहाले ब्याजदर एकदमै मंहगो छ। त्यसबाट व्यवसायी झन् मार्कामा पर्ने देखिन्छ।

अहिले बैंकबाट ऋण लिएर व्यवसाय गर्ने मात्र होइन, समग्र वित्तिय क्षेत्रबाटै कर्जा लिन समस्या रहेको जानकारहरु बताउँछन्। विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनी जता पनि कर्जा दिन सक्ने अवस्था नरहेको नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका कायकारी अधिकृत प्रकाशराज शर्मा बताउँछन्। 

सबभन्दा ठूलो असर लघुवित्त क्षेत्रमा
बैकिङ क्षेत्रभन्दा माइक्रो फाइनान्सको क्षेत्रमा तरलताको बढी दवाब सिर्जना भएको शर्माको भनाइ छ। उनी भन्छन्, ‘तरलता संकटको सबभन्दा ठूलो असर लघुवित्त क्षेत्रमा छ, किनभने लघुवित्तले पैसाको लगानी गर्ने हो। अहिले उनीहरु वित्तीय पहुँचबाहिर गएर लगानी गर्दैछन्। लघुवित्त क्षेत्रका ग्राहक करिब ५२ लाख छन्। सबै क्षेत्रमा केन्द्रित ग्राहकको माग धान्न २० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न आवश्यक छ। तर, त्यो क्षमता नै छैन।’

अहिले कर्जा दिनलाई लघुवित्त क्षेत्रमा पैसा नै नभएको शर्मा बताउँछन्। लघुवित्तले कर्जा दिनलाई पैसा ल्याउने ठाउँ वाणिज्य बैंक हो। उनी भन्छन्, ‘बैंकबाट कर्जा लिँदा बैंकले नै लघुवित्तलाई १२, १३ प्रतिशत ब्याजदरमा कर्जा दिन्छन्। हामीलाई राष्ट्र बैंकले कर्जाको १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाइँदैन भनेको छ। १३ प्रतिशतमा कर्जा लिएर १५ प्रतिशतमा लगानी गर्दा हाम्रो सञ्चालन खर्च नै पुग्दैन। त्यसमाथि बैंकहरु अहिले यही कर्जा पनि दिनसक्ने अवस्थामा छैनन्।’

यो पनि पढ्नुहोस्

तरलता अभाव : त्रास कि वास्तविकता?सोमबार, मंसिर ६, २०७८

तरलता संकटले लघुवित्त क्षेत्रमा कर्जा लगानी र निक्षेप संकलन दुवै गर्न नसक्ने अवस्था सिर्जना भएको छ। शर्मा भन्छन्, ‘ग्राहकलाई कर्जा दिन नसक्दा बजारमा ग्राहकसँग भएको पैसा पनि हाम्रो निक्षेपमा आउन सकेको छैन। किनभने हामीले कर्जाको ग्यारेन्टी दिन नस्कदा ग्राहकले आफूसँग भएको पैसा निक्षेपमा राख्न हामीलाई विश्वास गर्न छाडेका छन्। यसले गर्दा निक्षेप संकलनमा पनि समस्या आएको छ।’

कहिलेसम्म रहन्छ तरलता संकट?
तरलता संकट कहिले हट्छ भन्ने निश्चित छैन। जानकारहरु अझै दुई महिनाभन्दा बढी समय यो संकट रहिरहने अनुमान गर्छन्। बैंकहरुमा निक्षेप बढ्न थालेपछि मात्र यो समस्या हल हुने नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्याय बताउँछन्।

चालु आर्थिक वर्षको ६ महिना पछिबाट (माघदेखि) सरकारी खर्च बढ्ने अनुमान रहेकाले आउँदो माघबाट यस्तो समस्या घट्ने अनुमान छ। अर्थमन्त्री जनार्दन शर्माले सरोकारवालासँग निरन्तर छलफल गरेर सरकारी पूँजीगत खर्च बढाउन निर्देशन दिएका छन्। 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्से सूचक आज पनि घट्यो अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो । बिहीबार, वैशाख १०, २०८३
नयाँ कारोबार प्रणालीको प्रभाव पर्दा पहिलो दिन घट्यो सेयर बजार नयाँ सर्किट ब्रेकरको नियम लागू भएसँगै कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजारमा १३ अंकले गिरावट आएसँगै २८२५ विन्... सोमबार, वैशाख ७, २०८३
भारी अंकले घट्यो सेयर बजार सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो । बिहीबार, वैशाख ३, २०८३
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्