• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

धेरै पसिना आउने रोग 'हाइपरहाइड्रोसिस' के हो? कसरी समाधान हुन्छ?

डा. मोहन भुसाल आइतबार, पुस ४, २०७८  ०७:०८
1140x725

धेरै पसिना आउने रोगलाई हाइपरहाइड्रोसिस भनिन्छ। यो शब्दको अर्थ पनि त्यही हो, शरीरबाट धेरै पसिना निस्कनु। आवश्यकभन्दा बढी पसिना निस्कियो भने शरीरका लागि हानिकारक हुन्छ।

सामान्यतया हाम्रो शरीरले तापक्रम नियन्त्रणको लागि पसिना निकालिरहेको हुन्छ। हामी तनावमा हुँदा वा अत्तालिँदा यो प्रकृया स्वभाविक रुपमा बढ्ने गर्छ। तर, हाइपरहाइड्रोसिस अर्थात् धेरै पसिना आउने भन्नुको अर्थ त्यो मात्रा पाँच गुणाभन्दा बढी हुनुपर्छ।

यो रोगको कारण संसारमा ३६५ मिलियन मानिस प्रभावित छन्। धेरैजस्तो केटाकेटी वा वयस्कमा हुने गर्छ। मुख्यतयाः यो दुई प्रकारको हुन्छ। एउटालाई फोकल भनिन्छ। यो हात, खुट्टा वा काखीमा मात्र हुन्छ। यसको थोरै वंशानुगत पक्षबाहेक कुनै कारण हुँदैन।

अर्को जेनेरालाइज्ड हो। यो सबै शरीरभरि नै हुन्छ। कतिपय औषधि (ज्वरो वा दुखाई कम गर्ने, हर्मोनका औष्धीहरु) खाँदा वा कुनै रोग (थाइराइड,  हर्मोन सम्बन्धी रोगहरु) र संक्रामक रोग (जस्तै टीबी, मुटुको इन्फेक्सन) हुँदा यस्तो हुन्छ।

यो लेखमा फोकल हाइपरहाइड्रोसिसबारे चर्चा गर्नेछौँ। फोकल हाइपरहाइड्रोसिस आफैँमा कुनै घातक  रोग होइन। तर, हाइपरहाइड्रोसिसले मानिसको दैनिकीमा ठूलो असर पारेको हुन्छ। अत्यधिक पसिनाले गर्दा काममा बाधा हुने, पढाइ वा लेखाइमा कठिनाइ आउने, हात मिलाउँदासमेत अप्ठ्यारो हुने, कपडाहरुमा दाग बस्ने,  नराम्रो गन्ध आउने हुन्छ।

यो सबै कारण  मानिसमा अत्मविश्वासको कमी हुने, अतालिने  र सामाजिक एकाग्रतातर्फ लाग्ने समस्या हुन्छ। कतिपय त डिप्रेसनमा समेत गएको पाइन्छ। साथै हाइपरहाइड्रोसिस भएकाहरूमा छालासम्बन्धी समस्या तीन गुणासम्म बढी हुन्छ। जस्तो, ढुसीको संक्रमण, एलर्जी र भाइरल इन्फेक्सन हुन्छ।

यसरी हुन्छ उपचार
यो समस्याका विभिन्न उपचार विधि छन्। यसका लागि झोल औषधि, खाने औषधि, करेन्ट विधि,  इन्जेक्सन विधि, लेजर प्रविधि र शल्यकृया गर्न सकिन्छ।

लगाउने झोल औषधिमा २०५ अल्मुनियम क्लोराइड हुन्छ। यसमा  भएको अल्मुनियम साल्टले पसिना निकाल्ने ग्रन्थिको नली थुनिदिन्छ। जसकारण पसिना निस्किन कम हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

करेन्ट विधिलाई मेडिकल भाषामा आयोन्टोफोरेसिस पनि भन्छौ। यसले नियन्तृत तरिकाले पसिना निकाल्ने ग्रन्थिको कृयाकलाप कम गर्छ। हप्तामा यो तीन पटकसम्म चारदेखी ६ हप्ताको लागि गर्नुपर्ने हुन्छ। पछि हरेक दुई-दुई हप्तामा गर्दै कम गर्न सकिन्छ। एक पटक २०-३० मिनेटको लागि गर्नु पर्ने हुन्छ।

विभिन्न अध्ययनअनुसार यसको प्रभावकारिता ८५% सम्म छ। यो प्रविधि सुरुमा चिकित्सकको  निगरानीमा गरेर पछि आफैँ घरमा गर्न सकिन्छ।

अर्को निक्कै प्रभावकारी, तर महँगो विधि हो बटुलिनम टक्सिन इन्जेक्सन। यो एक प्रकारको नेउरोटक्सिन हो, जसले पसिना निकाल्ने ग्रन्थिलाई उत्तेजित गर्ने स्नायु रसायनको कमी गराउँछ। विभिन्न अध्ययनअनुसार यो शतप्रतिशतसम्म प्रभावकारी देखिएको छ।

यो हरेक १-२ सेन्टिमिटरको अन्तरालमा लगाइन्छ र एकपल्ट लगाएपछि ६ महिनासम्म काम गर्छ। धेरै पटक लगाइराख्यो भने लामो अन्तरालमा लगाउँदा पनि प्रभावकारी  हुन्छ। खाने औषधिहरूको भने 'साइड इफेक्ट' बढी हुने हुनाले प्राय: 'जेनेरालाइज्ड टाइप'मा मात्र प्रयोग गरिन्छ।

अत्याधुनिक लेजर प्रविधि पनि छ, जसलाई 'मिरा ड्राई' पनि भनिन्छ। यसले 'माइक्रोवेब रेन्ज'को किरणमार्फत पसिना निकाल्ने ग्रन्थिको सकृयतालाई कम गर्छ। यो हात, खुट्टाभन्दा पनि काखीमा हुने हाइपरहाइड्रोसिसको लागि बढी प्रभावकारी मानिन्छ। यो प्रविधि नेपालमा सर्वत्र उपलब्ध भने छैन।

माथिको कुनै उपचार विधिले नभए वा दैनिकीमा साह्रै असर गरे मात्र शल्यकृया गरिन्छ। किनभने यो रोगको शल्यकृया निकै जटिल मानिन्छ। काखी नजिक प्वाल पारेर दुर्बिनमार्फत छातीको स्नायुलाई नस्ट गर्नुपर्ने हुन्छ।

यी कुरामा ध्यान दिनुपर्छ:
१. धेरै पसिना निस्कने माहोल नबनाउने। जस्तो, गर्मीबाट बच्ने, धेरै नअत्तालिने।
२. जुत्ता र मोजा दैनिक फेर्ने। कटनको कपडा, मोजा र छालाको जुत्ता प्रयोग गर्ने। 
३. पसिना सोस्ने खालको जुत्ताको सोल प्रयोग गर्ने।
४. पसिना सोस्नको लागि पाउडरको प्रयोग गर्ने। 
५.  धेरै कसिलो जुत्त्ता नलागाउने ।

यति धेरै जनसंख्यालाई प्रभावित गर्ने, काममा समेत बाधा हुने,  मनोबल कमजोर हुने र मानसिक समस्यासमेत उत्पन्न हुने हुनाले सन् २०१८ देखी नोभेम्बर महिनालाई अन्तराष्ट्रिय हाइपरहाइड्रोसिस समाजले  विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ। जसले गर्दा लुकाएर राखिने गरेको यो समस्या लिएर धेरै बिरामी चिकित्सकसम्म आउने गरेका छन्। धेरै जना उपचार लिएर निको भएका पनि छन्। यदि तपाईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श गरी लाभ लिन सक्नुहुन्छ।

(छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. भुसाल माल्दिभ्समा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्