• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

धेरै पसिना आउने रोग 'हाइपरहाइड्रोसिस' के हो? कसरी समाधान हुन्छ?

डा. मोहन भुसाल आइतबार, पुस ४, २०७८  ०७:०८
1140x725

धेरै पसिना आउने रोगलाई हाइपरहाइड्रोसिस भनिन्छ। यो शब्दको अर्थ पनि त्यही हो, शरीरबाट धेरै पसिना निस्कनु। आवश्यकभन्दा बढी पसिना निस्कियो भने शरीरका लागि हानिकारक हुन्छ।

सामान्यतया हाम्रो शरीरले तापक्रम नियन्त्रणको लागि पसिना निकालिरहेको हुन्छ। हामी तनावमा हुँदा वा अत्तालिँदा यो प्रकृया स्वभाविक रुपमा बढ्ने गर्छ। तर, हाइपरहाइड्रोसिस अर्थात् धेरै पसिना आउने भन्नुको अर्थ त्यो मात्रा पाँच गुणाभन्दा बढी हुनुपर्छ।

यो रोगको कारण संसारमा ३६५ मिलियन मानिस प्रभावित छन्। धेरैजस्तो केटाकेटी वा वयस्कमा हुने गर्छ। मुख्यतयाः यो दुई प्रकारको हुन्छ। एउटालाई फोकल भनिन्छ। यो हात, खुट्टा वा काखीमा मात्र हुन्छ। यसको थोरै वंशानुगत पक्षबाहेक कुनै कारण हुँदैन।

अर्को जेनेरालाइज्ड हो। यो सबै शरीरभरि नै हुन्छ। कतिपय औषधि (ज्वरो वा दुखाई कम गर्ने, हर्मोनका औष्धीहरु) खाँदा वा कुनै रोग (थाइराइड,  हर्मोन सम्बन्धी रोगहरु) र संक्रामक रोग (जस्तै टीबी, मुटुको इन्फेक्सन) हुँदा यस्तो हुन्छ।

यो लेखमा फोकल हाइपरहाइड्रोसिसबारे चर्चा गर्नेछौँ। फोकल हाइपरहाइड्रोसिस आफैँमा कुनै घातक  रोग होइन। तर, हाइपरहाइड्रोसिसले मानिसको दैनिकीमा ठूलो असर पारेको हुन्छ। अत्यधिक पसिनाले गर्दा काममा बाधा हुने, पढाइ वा लेखाइमा कठिनाइ आउने, हात मिलाउँदासमेत अप्ठ्यारो हुने, कपडाहरुमा दाग बस्ने,  नराम्रो गन्ध आउने हुन्छ।

यो सबै कारण  मानिसमा अत्मविश्वासको कमी हुने, अतालिने  र सामाजिक एकाग्रतातर्फ लाग्ने समस्या हुन्छ। कतिपय त डिप्रेसनमा समेत गएको पाइन्छ। साथै हाइपरहाइड्रोसिस भएकाहरूमा छालासम्बन्धी समस्या तीन गुणासम्म बढी हुन्छ। जस्तो, ढुसीको संक्रमण, एलर्जी र भाइरल इन्फेक्सन हुन्छ।

यसरी हुन्छ उपचार
यो समस्याका विभिन्न उपचार विधि छन्। यसका लागि झोल औषधि, खाने औषधि, करेन्ट विधि,  इन्जेक्सन विधि, लेजर प्रविधि र शल्यकृया गर्न सकिन्छ।

लगाउने झोल औषधिमा २०५ अल्मुनियम क्लोराइड हुन्छ। यसमा  भएको अल्मुनियम साल्टले पसिना निकाल्ने ग्रन्थिको नली थुनिदिन्छ। जसकारण पसिना निस्किन कम हुन्छ। 

Ncell 2
Ncell 2

करेन्ट विधिलाई मेडिकल भाषामा आयोन्टोफोरेसिस पनि भन्छौ। यसले नियन्तृत तरिकाले पसिना निकाल्ने ग्रन्थिको कृयाकलाप कम गर्छ। हप्तामा यो तीन पटकसम्म चारदेखी ६ हप्ताको लागि गर्नुपर्ने हुन्छ। पछि हरेक दुई-दुई हप्तामा गर्दै कम गर्न सकिन्छ। एक पटक २०-३० मिनेटको लागि गर्नु पर्ने हुन्छ।

विभिन्न अध्ययनअनुसार यसको प्रभावकारिता ८५% सम्म छ। यो प्रविधि सुरुमा चिकित्सकको  निगरानीमा गरेर पछि आफैँ घरमा गर्न सकिन्छ।

अर्को निक्कै प्रभावकारी, तर महँगो विधि हो बटुलिनम टक्सिन इन्जेक्सन। यो एक प्रकारको नेउरोटक्सिन हो, जसले पसिना निकाल्ने ग्रन्थिलाई उत्तेजित गर्ने स्नायु रसायनको कमी गराउँछ। विभिन्न अध्ययनअनुसार यो शतप्रतिशतसम्म प्रभावकारी देखिएको छ।

यो हरेक १-२ सेन्टिमिटरको अन्तरालमा लगाइन्छ र एकपल्ट लगाएपछि ६ महिनासम्म काम गर्छ। धेरै पटक लगाइराख्यो भने लामो अन्तरालमा लगाउँदा पनि प्रभावकारी  हुन्छ। खाने औषधिहरूको भने 'साइड इफेक्ट' बढी हुने हुनाले प्राय: 'जेनेरालाइज्ड टाइप'मा मात्र प्रयोग गरिन्छ।

अत्याधुनिक लेजर प्रविधि पनि छ, जसलाई 'मिरा ड्राई' पनि भनिन्छ। यसले 'माइक्रोवेब रेन्ज'को किरणमार्फत पसिना निकाल्ने ग्रन्थिको सकृयतालाई कम गर्छ। यो हात, खुट्टाभन्दा पनि काखीमा हुने हाइपरहाइड्रोसिसको लागि बढी प्रभावकारी मानिन्छ। यो प्रविधि नेपालमा सर्वत्र उपलब्ध भने छैन।

माथिको कुनै उपचार विधिले नभए वा दैनिकीमा साह्रै असर गरे मात्र शल्यकृया गरिन्छ। किनभने यो रोगको शल्यकृया निकै जटिल मानिन्छ। काखी नजिक प्वाल पारेर दुर्बिनमार्फत छातीको स्नायुलाई नस्ट गर्नुपर्ने हुन्छ।

यी कुरामा ध्यान दिनुपर्छ:
१. धेरै पसिना निस्कने माहोल नबनाउने। जस्तो, गर्मीबाट बच्ने, धेरै नअत्तालिने।
२. जुत्ता र मोजा दैनिक फेर्ने। कटनको कपडा, मोजा र छालाको जुत्ता प्रयोग गर्ने। 
३. पसिना सोस्ने खालको जुत्ताको सोल प्रयोग गर्ने।
४. पसिना सोस्नको लागि पाउडरको प्रयोग गर्ने। 
५.  धेरै कसिलो जुत्त्ता नलागाउने ।

यति धेरै जनसंख्यालाई प्रभावित गर्ने, काममा समेत बाधा हुने,  मनोबल कमजोर हुने र मानसिक समस्यासमेत उत्पन्न हुने हुनाले सन् २०१८ देखी नोभेम्बर महिनालाई अन्तराष्ट्रिय हाइपरहाइड्रोसिस समाजले  विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ। जसले गर्दा लुकाएर राखिने गरेको यो समस्या लिएर धेरै बिरामी चिकित्सकसम्म आउने गरेका छन्। धेरै जना उपचार लिएर निको भएका पनि छन्। यदि तपाईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श गरी लाभ लिन सक्नुहुन्छ।

(छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. भुसाल माल्दिभ्समा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा शुक्रबार, माघ २, २०८२
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्