काठमाडौं– नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छ। गण्डकी प्रदेश सभा सांसद एवम् माओवादी दलको सचेतकलाई प्रदेश अध्यक्ष बनाइएको केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले बताए।
अरु पदाधिकारी आज चयन गर्ने तयारी गरिएको छ। ‘हामीले अध्यक्षसहित पदाधिकारी र सदस्य सर्वसम्मत गरौं भन्ने उद्देश्यले अध्यक्षमा गायत्री गुरुङलाई चयन गरेका हौं,’ उनले भने ‘अन्य ८ जना पदाधिकारी बनाउन बाँकी छ। कुल प्रदेश कमिटी २०१ जनाको बनाएका छौं।’
आइतबारै अध्यक्षसहित पदाधिकारी र सदस्य टुङ्याउन खोजे पनि गृहकार्य नसकिएकाले आज टुंग्याइने उनले जानकारी दिए।
यसअघि प्रदेश अध्यक्षमा हरिराज अधिकारी र सचिवमा देवेन्द्र पराजुली थिए। अधिकारी र पराजुली केन्द्रीय समितिमा बस्ने भनेपछि प्रदेशमा दाबी छोडेका हुन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।