काठमाडौं– नेकपा एमालेका ९९ जना पोलिटब्यूरो सदस्यमा पूर्वमाओवादीका ६ जना समेटिएका छन्। जसमा रामबहादुर थापा,‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह र बालकृष्ण ढुंगेल छन्।
अरु ५ जना स्थायी कमिटीमा समेटिएपनि ढुंगेल पोलिटब्यूरोमा समेटिएका हुन्। पूर्वमाओवादी नेता ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या घटनामा दोषी ठहर भएका नेता हुन्।
उनले आफ्नो कैद भुक्तान गरेर जेलबाट निस्किएपछि एमाले प्रवेश गरेका थिए। उनी यसअघि पूर्वमाओवादीमा हुँदा केन्द्रीय समितिमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।