• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

महेश आचार्य: कांग्रेसलाई चाहिएका उपसभापति, तर लडिरहेछन् एक्लै

64x64
रामेश्वर बोहरा शनिबार, मंसिर २५, २०७८  २१:५६
1140x725

मंसीर लागेकै दिन एउटा खबर आयो– महेश आचार्यले १४औं महाधिवेशनमा कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिने निधो गरे। पछिल्ला केही वर्षयता राजनीतिक परिदृष्यमा खासै नदेखिएका र नसुनिएका आचार्यबारेको यो खबर तरंगित पार्ने खालको थियो। ढिलो नगरी आचार्यसँगै यो खबर ‘भेरिफाइ’ गर्न मन लाग्यो। टेलिफोन सम्पर्क भएपछि आचार्यले भने, ‘हो, मैले यो निधो गरेँ। कांग्रेसमा मैले केही गर्न सक्ने ठाउँ उपसभापति पदले दिएको रहेछ। अब साथीहरुसँग सल्लाह गरेर एक दुई दिनमै यसबारे औपचारिक घोषणा गर्छु।’ 

भोलिपल्ट, मंसीर २ गते अन्तर्वार्ताका लागि बानेश्वरस्थित निवासमा पुग्दा उनलाई टेलिफोन उठाउन ‘भ्याइनभ्याइ’ भइसकेको थियो। औपचारिक अन्तर्वार्ता सुरु गर्नुअघि उनले भनिहाले– ‘तपाईंले समाचार लेखेपछि धेरै साथीभाई र शुभचिन्तकको टेलिफोन र सुभेच्छा पाइरहेको छु।’ यसबीचमा महेश आचार्यले आफूले निधो गरेको पदमा उम्मेदवारी दिन के कस्तो तयारी गरे भन्ने सार्वजनिक जानकारीमा आएन। सम्भवतः उनले कांग्रेसका नेता र कार्यकर्ताहरुलाई भेटेरै वा टेलिफोन गरेरै आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याउने प्रयत्न गरे। र, त्यसकै आधारमा शनिबार उनले औपचारिक रुपमै उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेस विधानअनुसार महाधिवेशनले २ जना उपसभापति निर्वाचित गर्नेछ। त्यसका लागि आचार्यले विजय गच्छदार, सुजाता कोइराला, पूर्णबहादुर खड्का, धनराज गुरुङ र चन्द्र भण्डारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। रोचक चाहिँ के भने यी पाँचै जनालाई गुटको समर्थन छ। गच्छदार र खड्का, शेरबहादुर देउवा (सभापतिको उम्मेदवार रहेको) प्यानलबाट उपसभापतिका प्रत्यासी बनेका छन्। गुरुङ र भण्डारी पनि शेखर कोइराला सभापतिका प्रत्यासी रहेको प्यानलबाट उपसभापतिमा प्रतिस्पर्धा गर्दैछन्। अनि कोइराला प्रकाशमानसिंहको प्यानलबाट भिड्दैछिन्। आचार्य एक्ला उम्मेदवार हुन् जसको शिरमा सभापतिको उम्मेदवार छैनन्, प्यानलको साथ पनि छैन। गुट राजनीतिले ग्रस्त कांग्रेसमा उपसभापतिका सबै उम्मेदवार ‘सेनापति’ र ‘फौज’सहित चुनावी मैदानमा उत्रिँदा आचार्य उनीहरुसँग एक्लै मैदानमा भिड्दै छन्। 

उम्मेदवारीमै अर्थ
महेश आचार्यको उम्मेदवारी घोषणाले मात्र पनि कांग्रेसको एउटा पंक्तिमा बेग्लै तरंग ल्याइदिएको थियो। संख्या सानै किन नहोस्, मुर्झाएका कतिपय कार्यकर्तामा त्यसले प्राण भर्ने काम गर्‍यो। यस्तो तरंग कांग्रेस भित्र मात्रै सीमित रहेन। कांग्रेसबारे चासो राख्ने त्यहाँभन्दा बाहिरको तप्का पनि यसबाट तरंगित बन्यो। 

यसको कारण छ। आचार्य कांग्रेसभित्र औंलामा गन्न मिल्ने थोरै ती नेतामध्ये पर्छन् जसलाई कांग्रेसका नीति र विचारमा आएको विचलनले पोल्छ। पार्टीले अवलम्बन गरेको शैलीले आक्रोशित बनाउँछ। आफू संलग्न पार्टीमा आएको विचलनबारे मुखर हुने थोरै नेतामध्ये पर्छन् उनी। उनको यही विशेषताकै कारण हिजोका कांग्रेस नेतृत्वहरु पार्टीमा होस् या सरकारमा, आचार्यको भूमिका खोजिरहन्थे। कांग्रेसको केन्द्रीय कार्यसमितिमा झण्डै तीन दशकदेखि अनवरत उनको उपस्थिति यस्तै ‘लो प्रोफाइल’, तर अर्थपूर्ण भूमिकाको एउटा संकेत थियो। यो बेग्लै हो कि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अवसानपछि उनको खोजी कांग्रेसमा त्यति भएन। अर्को कारण, २०७४ को आम निर्वाचनमा मोरङबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उनको भूमिका अरु धेरै हिसाबले पनि राजनीतिक परिदृष्यबाट ओझेल पर्न गयो।

कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएपछि सभापति र महामन्त्रीमा दाबेदारी प्रस्तुत गर्ने क्रम बढ्दै थियो। तर, तुलनात्मक रुपमा कम ‘आकर्षक’ उपसभापति पदमा कसैको दाबेदारी देखिएको थिएन। त्यसबेलाको के कुरा, शनिबार मनोनयन हुनुअघि पनि उपसभापतिको उम्मेदवारीबारे कसैको चर्चा नै भएन। चर्चा नहुनुको अर्थ नेताहरु अरु पदको सम्भावना रहेसम्म कम ‘आकर्षक’ त्यो पदको आकांक्षी बनेका थिएनन् भन्ने नै हो। संयोग, उपसभापतिमा पहिलो मनोनयन पनि आचार्यले नै गरे। 

मंसीर सुरुमै उपसभापतिको उम्मेदवार बन्ने घोषणा गर्दा आचार्यले त्यसका दुई कारण अघि सारेका थिए। पहिलो– आफूभन्दा वरिष्ठ नेताहरु सभापतिको दौडमा रहेकाले त्यसलाई सम्मान गर्ने। दोस्रो– उपसभापतिलाई विधानले दिएका केही अधिकारमै टेकेर बाटो बिराएको कांग्रेसलाई ‘ट्रयाक’मा ल्याउन सकिने। ‘हाम्रो विधानले उपसभापतिलाई एउटा ठाउँ दिन्छ। पार्टीको नीति, अनुसन्धान, समसामयिक परिस्थितिको अध्ययनदेखि विशाल कार्यकर्ताको पंक्तिमा वैचारिक प्रशिक्षण र छलफलको पाटोलाई फराकिलो बनाउने, नेतृत्व विकासको प्रक्रियालाई वैचारिक रुपले सुदृढ गर्ने ठाउँ उपसभापतिले पाउँछ। म त्यो ठाउँमा जान चाहन्छु’, उनले भनेका थिए, ‘त्यो ठाउँमा पुगेँ भने नयाँ ढंगले पार्टीभित्र वैचारिक बहसलाई उर्जा, प्राण, वायु प्रवाह गर्ने चेष्टा गर्छु। यो प्रक्रियाबाट कांग्रेस पार्टीभित्र मैले सोचेको जस्तो परिस्थिति निर्माण गर्न सकेँ भने त्यसले कांग्रेसलाई मात्र होइन, हाम्रो प्रतिस्पर्धामा रहेका अरु पार्टीलाई पनि लोकतान्त्रिक मूल्य, पद्दति, लोकतान्त्रिक संस्थामा लोकतान्त्रिक नेतृत्व विकासको प्रक्रियामा अडिनका लागि सहयोग पुर्‍याउँछन्।’

आचार्यले उम्मेदवारी घोषणा गर्दैगर्दा कांग्रेसले नीति महाधिवेशन अलग्गै गर्ने निर्णय गरिसकेको थियो। यो (१४औं) महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुने तय भइसकेको थियो। उनी त्यसबाटै धेरै झस्किएका थिए। ‘दुर्भाग्यवश यसपटकको महाधिवेशन विचार र नीतिको आधारमा नेतृत्व चयन गर्ने अवसर गुमाएको महाधिवेशन बन्दै छ। अनुहार हेरेर नेतृत्व छान्नुपर्ने महाधिवेशन बन्दैछ’, उनको भनाइ थियो, ‘त्यसैले, हाम्रो पार्टीका आन्तरिक संगठनसँग जोडिएका मुद्दा, राष्ट्रिय राजनीतिका गम्भीर मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबाट हाम्रो राष्ट्रिय अस्मिता र राष्ट्रको समृद्धिमा प्रतिकूल प्रभाव पार्नसक्ने मुद्दाहरुमा हाम्रो नेतृत्व पंक्तिले छलफल गरोस्, पार्टीको तल्लो निकायसम्म यस्ता वैचारिक कुराहरु जाऊन्, सचेत ढंगले हाम्रो पार्टीको वैधानिक ढाँचालाई प्रयोग गरेर तलसम्मका साथीहरुलाई वैचारिक रुपले बलियो बनाउन सकियोस् भनेर मैले यो निर्णय गरेको हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

यो महाधिवेशनमा नीति र विचारमा छलफल नहुने भइसकेपछि उनले गरेको आकलन थियो– अहिले नभए पनि कम्तीमा अबका ४ वर्ष यसमा बहस चलाउँछु, अर्को महाधिवेशनसम्म नीति र विचारमा प्रष्ट नेतृत्व चयन गर्ने पार्टी पंक्ति तयार पार्न योगदान गर्छु। शनिबार उम्मेदवारी दर्ता गरेपछि उनले नेपाल लाइभसँगको संक्षिप्त कुराकानीमा फेरि दोहोर्‍याए, ‘कांग्रेस यतिबेला गम्भीर संकटमा छ। गुटगत धमिराले सिध्याउँदै लगेको छ। म कांग्रेसको यो हविगतको कारण के हो र यसबाट कांग्रेसलाई कसरी बाहिर निकाल्ने भन्ने बहस चलाउन उम्मेदवार बनेको छु। त्यसकारण जय वा पराजय मेरो लागि महत्वपूर्ण होइन।’

कांग्रेसजनको विवेकको परीक्षा
आचार्यले कांग्रेसमा ‘प्राण भर्ने’ जुन सपना देखेका छन्, त्यसका लागि उनी स्वयंले काम गर्ने सम्भावना देखेको ठाउँ अर्थात् उपसभापतिको जिम्मेवारीमा पुग्नैपर्ने हुन्छ। तर, गुटको चर्को प्रतिस्पर्धा रहेको समीकरणमा कुनै गुटमै नपरेका आचार्यले जित हासिल गर्न सक्लान्? 

उपसभापतिका प्रत्यासीहरुको नाम केलाउँदा आचार्य कमजोर देखिँदैनन्। विवादास्पद पात्र विजय गच्छदारदेखि सुजाता कोइरालासम्मलाई पछि पार्न आचार्यलाई कठिन नहुनुपर्ने हो। फेरि नेतृत्वमा दोहोरिन चाहेका सभापति शेरबहादुर देउवाका विश्वासपात्र पूर्णबहादुर खड्कालाई छाड्ने हो भने चन्द्र भण्डारी र धनराज गुरुङसामु पनि आचार्यको सम्भावना उँचो हुनुपर्ने हो। तर, उनी स्वयंले भने झैं कांग्रेसमा जसरी गुटको धमिरा लागेको छ, आचार्यको सम्भावना उति नै कठिन पनि छ। 

उम्मेदवार बन्ने हरेकको लक्ष्य जित्ने हुन्छ। यो बेग्लै हो कि महेश आचार्य जित र हारलाई आफूले ठूलो विषय नबनाएको बताइरहेका छन्। कांग्रेसमा मर्दै गएको विचार र नीतिलाई जिउँदो तुल्याउँने आफ्नो प्रमुख लक्ष्य रहेको बताइरहेछन्। र, यही लक्ष्यमा आत्मविश्वासी देखिँदै शनिबार साँझ उनले सुनाए, ‘प्यानल हुँदैमा, प्यानलमा बस्दैमा मैले उठाउन खोजेका पार्टीका अधोगतिका, देशको अधोगतिका मुद्दा उठाउन सहज हुन्छ भन्ने मलाई लाग्दैन। म महाधिवेशनबाटै देशभरका ४–५ हजार कांग्रेस कार्यकर्ताको विवेकलाई घच्घच्याउन खोजिरहेको छु।’ 

आचार्यले उपसभापतिमा जित हासिल गर्नका लागि प्यानलमा बस्नै खोजेनन् कि बस्न सकेनन् त? ‘प्यानलमा लागेर आफ्नो विचार र विवेक बन्धकी राख्न मलाई मन लागेन। त्यहाँ लागेपछि व्यक्तिगत आक्षेपतिर संलग्न भइन्छ, किनभने त्यो त्यतै केन्द्रित छ। मैले उठाएका मुद्दा प्रवृत्तिमाथि हो, जुन म प्यानलमा नजोडिएर पनि उठाउन सक्छु, प्यानलमा नभएरै पनि कांग्रेस पंक्तिलाई घच्घच्याउन सक्छु’, उनले भने, ‘प्यानलमा नरहेरै कांग्रेस पंक्तिले मेरा कुरा सुन्दैन भन्ने लाग्दैन, मैले यी कुरा प्रष्ट रुपमा कांग्रेस पंक्तिमा राखिरहेको छु।’

देशभरबाट आएका कांग्रेसका महाधिवेशन प्रतिनिधिको ठूलो संख्या कुनै न कुनै गुटमा विभक्त छ। त्यही विभाजनबीच पनि कांग्रेस पंक्तिले थोरै विवेकको प्रयोग गर्ला कि नगर्ला? महेश आचार्य त्यसकै ‘केस स्टडी’ बन्ने छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  २१:५६
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्