काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले चितवनमा दशौं महाधिवेशनमा जम्मा गरेको जनमत निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन्।
माओवादी केन्द्रको प्रदेश सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले एमाले भेला पञ्च र्याली भन्दा फरक नभएको बताए।
‘एमाले नामको महाधिवेशन देखियो। एमालेको पञ्च र्याली भन्दा अरु देख्दै देख्दिन। त्यो सिद्धिनेबेलाको, निभ्नेबेलाको बत्ती मात्रै हो’ प्रचण्डले भने, ‘त्यहाँ कुनै विचारको बहस, कुनै विधि कुनै पद्तीको बहस छैन। निरकुशंता विचारहिनताको अधिवेहनको रुपमा गयो। त्यो दुनियाले देख्यो। तपाईं हामी सबैले देखियो।’ एमाले महाधिवेशनमा कुनै व्यक्तिले पेस गरेको दस्तावेजमा छलफल नै नभएको उनले बताए।
‘महाधिवेशनमा मार्क्सवादको म नेतृत्वबाट उच्चारण गरियो? समाजवादको कुरा गरियो? केहीँ छैन। त्यहाँ व्यक्ति पूजाको कुरा गरियो। व्यक्तिको अन्धताको प्रचार गरियो। सिद्धान्तहीनताको प्रदर्शन गरियो’ प्रचण्डले भने, ‘नेपाली कांग्रेसकोपनि हेरिराखेका छौं। उहाँहरुको सम्मेलन उद्घाटन भयो। आज नोमिनेसन हुन्छ। भोलि फिर्ता लिने दाबी विरोध हुन्छ। पर्सी चुनाव हुन्छ सकियो’ प्रचण्डले भने, ‘त्यहाँ राष्ट्र कसरी बनाउने? हाम्रो संविधानले समाजवाद उन्मुख राज्य बनाउने भनेको कसरी बनाउने होला भन्नेतिर बहस छैन।’ आफ्नो विगतको समीक्षा र भएका कमीकमजोरीको समेत सच्चाई नभएको प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।