काठमाडौं– नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन्।
शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा चयन गरेको हो।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई परिषद्को अध्यक्ष चयन गर्ने प्रस्ताव गरेका थिए।
बोहोराले शनिबार नै केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सल्लाहकार अध्यक्षको शपथ समेत लिएका छन्।
एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था हुन्छ।
७० वर्षे उमेर हदका कारण बोहरा कार्यकारी भूमिकाबाट बाहिरिएका थिए। यसअघि उनी अनुशासन आयोगको अध्यक्ष थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।