काठमाडौं- नेकपा (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ।
भोलि (आइतबार)सम्म चल्ने बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बिहान ११ बजे सुरु हुने पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकको कार्यसूचीमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन लगायत रहेका छन्।
बैठकमा विभिन्न १५ अजेण्डा तय गरिएको कार्यालय सचिव तामाङले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।