काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
बैठकमा शनिबार हुने प्रदेश सम्मेलन, विधान संशोधन, राजनीतिक प्रतिवेदनसहित राष्ट्रिय सम्मेलनका विषयमा छलफल भइहेको स्थायी समिति सदस्य मातृका यादवले बताए।
बैठकमा पार्टी विधान संशोधन तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा समेत छलफल गरिने यादवले बताए।
माओवादीले आगामी शनिबार प्रदेश सम्मेलन गर्दैछ। ‘हामीले शनिवार सात प्रदेश र तीन गैरभौगोलिक गरी दश प्रदेशको सम्मेलन गर्दैछौं’ यादवले भने, ‘त्यसको उद्घाटन प्रचण्डले गर्ने कार्यक्रम छ।’ प्रदेश सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए।
प्रदेश सम्मेलनपछि पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ। माओवादीले यसअघि नै माओवादीले वडा, पालिका सम्मेलन गरी नेतृत्व चयनसमेत गरी सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।