काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारदेखि सुरु हुने आफ्नो पार्टीको महाधिवेशन नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक भविष्यको लागि महत्त्वपूर्ण हुने बताएका छन्।
बिहीबार कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’को विमोचन समारोहमा बोल्दै देउवाले महाधिवशेनका लागि सबै उत्साहित भएको बताए। ‘यस उत्साहपूर्ण घडीमा महाधिवशेन गरेर फर्किंदा सबैले यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै साथीहरु लाग्नुहोला भन्ने चाहन्छु,’ उनले भने।
देउवाले महाधिवेशनमा आफूहरु सकभर सहमतिबाट अगाडि बताए। ‘सहमति भएन भने, प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा पनि होला। तर प्रतिस्पर्धामा हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने कुरा हुन्छ,’ उनले भने, ‘कुनै किसिमको कटुता र कुनै किसिमको मनोमालिन्य र असहिष्णुता नआओस्।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।