काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलापक्षको बैठक बसिरहेको छ। नेता सिटौलाको निवास चण्डोलमा बुधबार बिहान उनी पक्षीय नेताहरुको बैठक बसिरहेको हो।
बैठकमा सिटौलासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतका नेताहरु रहेका छन्। भ्रातृ संस्थामा रहेका उनी पक्षीय पधाधिकारी पनि बैठकमा सहभागी छन्।
सिटौलाले सभापतिमा उम्मेद्वारी दिने/ नदिने वा कुन पक्षसँग गठबन्धन गर्नेबारे आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन्।
१३ औं महाधिवेशनमा सिटौला सभापतिमा उठेका थिए। यसपटक भने उनले सभापतिमा उम्मेदवारी दिनेबारे सार्वजनिक रुपमा केही बताएका छैनन्।
पार्टीको १४ औं महाधिवेशन नजिकएसँगै नेताहरु छलफलमा जुटिरहेका हुन्। आजै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।