काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू पक्षीय नेताहरुको बैठक सुरु हुन सकेको छैन।
कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न देउवाले आफूपक्षीय नेताहरुलाई बुधबार बूढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।
बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि साढे १० बज्दासम्म बैठक सुरु हुन नसकेको हो।
देउवापक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, संस्थापनपक्षका नेता कार्यकर्ता देउवा निवास बूढानीलकण्ठ पुगेपनि सभापति देउवा नपुग्दा बैठक सुरु हुन नसकेको हो।
बैठकबाट पदाधिकारी छान्ने तयारी देउवाले गरेका छन्।
कांग्रेस महाधिवेशन २४ गते भृकुटीमण्डपमा उद्घाटन हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।