काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश राणा अब काम नलाग्ने अवस्थामा पुगेको बताएका छन्। राणा काम नलाग्ने अवस्थामा पुगेकाले आफूहरुले उनको राजीनामा माग गरेको उनको भनाइ छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो आन्दोलनबारे ध्यानाकर्षण गराउन पुगेका शाक्यले ओलीसँगको छलफलमा यस्तो बताएका हुन्।
‘प्रधानन्यायाधीश काम नलाग्नेमा परिणत भइसक्नुभएको छ। धेरै दिन टिकाइ राख्न नसक्ने स्थितिमा हामी पुगिसकेका छौं,’ उनले भने, ‘ न्यायपालिकाको सवालमा प्रमुख प्रतिपक्षी दलको नेतालाई सत्यतथ्य कुरा नराखेर हाम्रो अभियान पूर्ण हुँदैन भनेर हामी आएका हौं।’
उनले आफूहरु व्यक्ति विशेषविरुद्ध नभइ प्रवृति र व्यथितिविरुद्ध आन्दोलित भएको बताए।
‘अरु सिनियर न्यायाधीश र जुनियर न्यायाधीशहरु पनि भ्रष्टाचार लगायतका व्यथितिमा संलग्न छन् भने उनीहरुविरुद्ध पनि हामी आन्दोलित हुन्छौं,’ उनले भने, ‘आज प्रधानन्यायाधीशकै कारणले न्यायपालिका ठप्प छ। न्यायसम्पादको काम हुन सकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।