काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल गर्ने बताए।
'बारको आन्दोलनका बारेमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले बोलाउनु भएको छ' मंगलबार सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शनका क्रममा बार अध्यक्ष श्रेष्ठले भने।
उनले प्रधान्यायाधीश राणाको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे।
नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।