काठमाडौं– भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
सोमबार संसदीय सुनुवाइ विशेष समितिमा सांसदहरुसँगको सवाल–जवाफपछि सर्वसम्मतिले ३ जना प्रस्तावित राजदूतहरुको नाम अनुमोदन भएको हो।
मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले भारतका लागि डा शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयानुसार संसदीय सुनुवाइबाट तीनै जनाको नाम अनुमोदन भएको हो। मन्त्रिपरिषद्ले सिफारिस गरी संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।