काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभु साहलाई सच्चिएलान् कि भनेर माओवादीमा ल्याएपनि फेरि उतै गएको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई माओवादीक कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डलाई प्रभुलाई सच्याउन खोजेपनि १२ वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बांगाको बांगै भन्या जस्तै भएको बताए।
‘मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रस्ताव पारित नभएको हो। एमालेको केपी गुटचाहिँ मधेश विरोधी, आदिवासी जनजाति, दलित, महिला र मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी छ। उसैको कारणले संविधान संशोधन पनि भएन’ प्रचण्डले भने, ‘तर, अहिले कतिपय हिजो माओवादी आन्दोलनमा भएका। जसले तपाईंहरुलाई भ्रम दिए, ती ओरिजिनल त केपी गुटकै मान्छे थिए। बीचमा म सच्चिन्छु, माओवादी हुन्छु भनेर आए। अन्तिममा एमाले केपी गुटमै गए।’
जहाँबाट आएका थिए ती नेता अहिले उतै लागेको प्रचण्डले बताए। साह २०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। माओवादी युद्ध चर्किँदै गएपछि २०५६ सालमा एमाले परित्याग गरी माओवादी प्रवेश गरेका थिए।
माओवादीमा प्रवेश गरेपछि उनको राजनीतिक व्यक्तित्व बढ्दै गएको थियो। उनी प्राय: तत्कालीन माओवादी नेता बाबुराम भट्टराईनिकट भइ काम गरेका थिए।
भट्टराईले माओवादी छोडेपछि साहले प्रचण्डलाई साथ दिएर माओवादीमा बसेका थिए। त्यसपछि उनले पटक पटक मन्त्री र राजकीय जिम्मेवारी पाएका थिए।
मातृका यादव लगायत नेताहरू माओवादी एकतामा जोडिएपछि उनी प्रचण्डसँग टाढिन थालेका थिए। तत्कालीन नेकपामा माधव नेपाल र प्रचण्ड एकातिर उभिएर केपी शर्मा ओलीविरुद्ध प्रहार गर्न थालेपछि साह ओलीलाई साथ दिन पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।