काठमाडौं– सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोलाप्रथा प्रणालीमार्फत इजलास तोक्ने कार्यको थालनी हुँदै छ। यसअघि दैनिक रुपमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण (फुल कोर्ट) बैठकले आजदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो।
गोलाप्रथाबाट पेसी तोक्ने गरी अघिल्लो मंसिर २ गतेको फुल कोर्ट बैठकले सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।
पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले गोटी (गोला) तानेर पेसी तोकिनेछ।
मुद्दाको समूह बनाएर नम्बरको आधारमा न्यायाधीशहरूले गोला तान्नेछन्। गोला तानिसकेपछि पनि प्रमाणीकरण गर्नुपर्नेछ।
अंक र अक्षर लेखिएका गोटीका माध्यमबाट न्यायाधीशले गोला तान्नेछन्। एकल, पूर्ण, बृहत् र पूर्ण इजलासका लागि छुट्टाछुट्टै गोला तान्नुपर्नेछ।
।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।