• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बागमती प्रदेश : पुँजीगत खर्च नहुँदा अपेक्षित लाभ प्राप्त गर्न चुनौती

64x64
रासस मंगलबार, मंसिर १४, २०७८  २०:२७
1140x725

काठमाडौं- बागमती प्रदेशमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित लाभ प्राप्त हुन नसकेको पाइएको छ।

पुँजीगत खर्च हुन नसक्ने नेपालको पुरानै प्रवृत्ति भए पनि सङ्‍घीय राजधानी रहेको यस प्रदेशमा साधन र स्रोतका हिसाबले सहज भए पनि अपेक्षित लाभ प्राप्त हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७७/७८ को वार्षिक प्रतिवेदनमा पुँजीगत खर्च बढाइ आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ।

निर्माणाधीन आयोजनालाई निर्धारित समय र लागतमा गुणस्तरसहित सम्पन्न गरी आर्थिक रुपले सम्भाव्य बनाउनु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनमा भनिएको छ। गत असारमा गएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजना पुनःसञ्चालनमा ल्याउनु चुनौतीको विषय रहेको भन्दै अध्ययनमा समस्याको निकारण गर्न सम्बद्ध निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

अध्ययनमा भनिएको छ, 'सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिरोबाट घरलगायत अन्य भौतिक संरचनामा क्षति पुगेको कारण त्यसको पुनःनिर्माण गर्नु चुनौतीपूर्ण छ।' पूर्वाधार आयोजनाको योजना निर्माण, सोको कार्यान्वयन र लाभ बाँडफाँटजस्ता सवालमा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्नु जरुरी देखिएको जनाइएको छ। मुआब्जा, जग्गा अधिग्रहण, राइट अफ वे, पुनर्वास आदि परियोजनाका पूर्वतयारीसँग सम्बन्धित विषयहरू सम्बोधन गरी स्थानीय अवरोध हटाउनुपर्नेमा जोड दिइएको छ।

पूर्वाधार परियोजनालाई समयमा नै सम्पन्न गर्न प्रभावकारी नियन्त्रण तथा अनुगमन गर्नु र परियोजनाका अधिकारीलाई आयोजनाको कार्यान्वयन प्रगतिप्रति जवाफदेही बनाउनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सम्पन्न भइ प्रयोगमा रहेका पूर्वाधार आयोजनाको गुणस्तर कायम राख्न यस्ता आयोजनाको मर्मतसम्भार योजना बनाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्ययनले आवश्यक कामदार र विशेषज्ञको उपलब्धता सुनिश्चित गर्न सुझाव दिएको छ।

केन्द्रीय तथ्याङ्‍क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्‍कका आधारमा प्रदेशको समग्र आर्थिक अवस्था तुलना गर्दा आव २०७७/७८ मा मुलुकको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहन पुगेको छ। कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम चार प्रतिशतमा सीमित छ। बृहत् आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशतमात्रै छ।

औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहँदा कर्णाली प्रदेशमात्रै ०.९ प्रतिशतमा सीमित छ। यसैगरी थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रमा बागमती प्रदेशको हिस्सा ५६.५ प्रतिशत छ।

nimb
nimb
Ncell 2
Ncell 2

आव २०७७/७८ मा ११ हजार ८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले एक खर्ब ५६ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी लगानी हुने गरी २०३ नयाँ उद्योग दर्ता भएका छन्। त्यसमध्ये ४३.८ प्रतिशत उद्योग बागमती प्रदेशमा दर्ता भएका छन्। कर्णाली प्रदेशमा भने नयाँ उद्योग दर्ता भएको देखिँदैन।

कूल रोजगारीमध्ये ४०.७ प्रतिशत बागमती प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१ प्रतिशत रहेको छ। अर्बौंको क्षति पुग्ने गरी सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बु, ग्यालथुम, तालामारङ, मेलम्ची बजार क्षेत्रका वन, पुल, बाटो, पार्क, होटल, रिसोर्टलगायतको भौतिक संरचनामा क्षति पुग्न गएको छ। विपद्ले खेतीयोग्य जमिन, मेलम्ची खानेपानी आयोजना, पशुपालन, माछापालन तथा अन्य व्यवसायमासमेत नराम्ररी क्षति पुर्‍याएकाले यथास्थितिमा फर्काउनु चुनौतीपूर्ण रहेको अध्ययनले स्पष्ट पारेको छ।

उपत्यका तथा आसपासका सहरमा सडक मर्मत, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास, ट्राफिक व्यवस्थापन र पहाडी इलाकामा बाढीपहिरो लगायतका समस्या समाधान गर्नु अर्को चुनौतीको विषय रहेको देखिएको छ।

कृषिभूमि मासियो
बढ्दो सहरीकरणका कारण यस प्रदेशको कृषियोग्य भूमि मासिँदै गएको पाइएको छ। जनसङ्ख्या धेरै रहेको तथा अव्यवस्थित सहरीकरणका कारण कृषिभूमिमा चाप परेको अध्ययनले स्पष्ट पारेको छ। मासिँदै गइरहेको कृषि भू-क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्नु र बाँझो जमिनलाई सदुपयोग गर्ने विषय चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित मर्मतसम्भार र व्यवस्थापन गरी सुविधायुक्त बनाउने तथा बुटिक एयरपोर्टका रूपमा विमानस्थललाई व्यवस्थित पार्नुपर्नेमा जोड दिइएको छ। अन्तर्राष्ट्रिय व्यापारमा दोस्रो ठूलो मुलुकका रुपमा रहेको चीनतर्फको नाकामा पारवहनमा समस्या परेको, भूकम्पपश्चात् तातोपानी नाकामा बेलाबेलामा समस्या देखिने गरेकाले रसुवागढी नाकाबाट व्यापार वृद्धि भए पनि नुवाकोटदेखि रसुवासम्मको सडक सुविधायुक्त नहुँदा थप समस्या पैदा भएको छ। कोभिडको कारण बेलाबेला नाका बन्द हुनुलगायतका कारण चीनबाट सामान ल्याउन अत्यधिक समय लाग्ने गरेको छ।

आव २०७७/७८ मा यस प्रदेशमा समग्र कृषिबालीले ढाकेको क्षेत्रफल ०.५ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो क्षेत्रफल २.४ प्रतिशतले बढेको थियो। आव २०७७/७८ मा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कूल क्षेत्रफल ०.२ प्रतिशतले घटेको छ भने गत वर्ष यस्तो क्षेत्रफल २.१ प्रतिशतले बढेको थियो।

यस्तै धान बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशत, कोदो बालीको १.७ प्रतिशत, फापर बालीको २१.४ प्रतिशत, भटमास बालीको २.८ प्रतिशत र दलहन बालीले ढाकेको क्षेत्रफल १.६ प्रतिशतले बढेको छ। मकै बालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशत, गहुँ बालीको ०.५ प्रतिशत, जौं बालीले ढाकेको क्षेत्रफल ११.७ प्रतिशत, उखु बालीको ८.६ प्रतिशत र तेलहन बालीको ०.९ प्रतिशतले घटेको अध्ययनमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
लगातार ४ दिन घटेको सेयर बजारमा झिनो सुधार जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिही... बुधबार, असार ३, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
८ अंक घट्यो सेयर बजार आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुप... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प बिहीबार, असार ११, २०८३
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी बिहीबार, असार ११, २०८३
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन बिहीबार, असार ११, २०८३
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका बिहीबार, असार ११, २०८३
फिफाद्वारा एन्फा निलम्बित बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्