• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

मानव अधिकार फिल्म महोत्सव : महिला हिंसादेखि अल्पसंख्यक यौनिकतासम्मका कथा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १०, २०७८  ०८:४८
1140x725

काठमाडौं– उनलाई आफ्नो सामुन्ने रहेका सबै हाँसिरहेको जस्तो लाग्छ। विवाहको दोस्रो दिन श्रीमानसँगै टिका थाप्दै बसेकी उनका सामुन्ने रहेका सबैले उनलाई खिस्सी गरेझैं महसुस हुन्छ उनलाई। 

एक युवती विवाहपछि आफ्नो श्रीमानको घर पुगेकी छिन्। विवाहको पछि नौलो घर, नौलो परिवेशमा पुगेकी उनी मौन छिन्। उनका विवाहको पहिलो रातका लागि नन्दले कोठा सजाइदिएको जानकारी दिन्छिन्। तर, उनको मुहारमा न कुनै उत्साह छ न कुनै उमंग। 

उनीसँग उनको श्रीमानले बोल्छन्, सासुले बोल्छिन्। तर, उनी आफू मौन हुन्छिन्। श्रीमानकी बहिनी आएर उनलाई सहयोग गर्दा पनि उनी चुपचाप नै बसिरहेकी हुन्छिन्। 

अन्योल ग्रस्त मनस्थितिमा रहेकी दुलहीले विवाहको दोस्रो दिन घरमा टिका लगाउने कार्यक्रम हुन्छ। गाउँभरका मानिस, आफन्तजनहरु आएर उनलाई टिका लगाउँछन्। तर, उनमा न विवाह गरेकोमा उत्साह छ, न विरह नै। उनको अनुहारमा बेग्लै किसिमको विरह टांगिएको छ। त्यसबखत उनी आफू सामुन्ने रहेका सबैले आफ्नै मजाक उडाइरहेको कल्पना गर्छिन्।

वैवाहिक समारोहपछि आफ्नो कोठामा फर्किएकी ती युवती बनेकी दुलहीको दुनियाँ बेग्लै छ। आफ्नो कोठामा नन्दसँग नजिक हुनथाल्छिन्। तर, त्यो निकटता फगत उनको कल्पना मात्रै हुन्छ। वास्तवमा उनी आफू महिलाकै रुपमा आफ्नो नव विवाहित श्रीमानसँग विस्तरामा पल्टिएकी हुन्छिन्। 

मानव अधिकार फिलम् महोसत्वमा प्रदर्शन भइरहेको ४२ स्वदेशी तथा विदेशी फिल्ममध्येको एकको कथा हो यो। अशुका अर्यालको लेखन, निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘संकुल (कन्फ्युजन)’मा एक फरक यौनिकता भएकी युवतीको कथा देखाइएको छ। 

फिल्मको नामजस्तै ‘कन्फ्युजन’मा बाँचिरहेकी उनी आफ्नो यौनिकताको विषयलाई लिएर भएको समस्यालाई फिल्ममा देखाइएको छ। आफ्नो यौनिकताको परिचय खुलाउन नसक्दाको अवस्थालाई फिल्ममा चित्रण गरिएको छ। एक युवती जो आफ्नो यौनिकतालाई प्रस्तुत गर्न सक्दिनन्, बाध्य भई पुरुषसँग विवाह गर्दाको असहज र असमान्य क्षणलाई फिल्ममा देखाइएको छ। १३ मिनेटको फिल्ममा समाजको रीति र परम्पराअन्तर्गत रहेर दुर्गममा आफ्नो यौनिकताको परिचय दिन नसक्दा एक युवतीले आफ्नै परिचय गुमाउनु परेको अवस्थालाई चित्रण गरिएको छ। 

मंसिर ७ गतेबाट सुरु भएको महोत्सवमा संकुलजस्तै अन्य थुप्रै फिल्महरुको प्रदर्शन भएको थियो। नेपालसँगै विश्वभरबाट प्रदर्शनका लागि छानिएका फिल्महरु मंसिर ७ देखि ९ गतेसम्म मुभिजडटकम नामक वेबसाइटबाट भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

महोत्सवमा प्रदर्शन भएको सरिता शाहको निर्देशनमा बनेको फिल्म ‘फगुनिया’मा मधेशी समाजमा एक बालिकाको बलात्कारपछिको घटनालाई देखाइएको छ। निर्देशक सरितासँगै फिल्ममा जानवी गुप्ता, मदन ठाकुर, प्रदिप सिंह, धिरज ठाकुर र सुजिता शाहको अभिनय रहेको छ। 

गाउँमा सांस्कृतिक कार्यक्रममा आमा गएको बखत आफ्नो घरमा एक्लै रहेकी बालिकाको बलात्कार हुन्छ। तर, त्यो हिंसाको कारण उनकी आमालाई बनाइन्छ। घरमा नबसेर लापरबाही गरेको भन्दै उनीमाथि नै छोरीसँग भएको त्यो दुस्कर्मको आरोप थोपरिन्छ। जो त्यो अपराधमा संलग्न छ, उसलाई सार्वजनिक गर्दा इज्जत जाने भन्दै परिवारले नै त्यो घटनालाई लुकाउन खोज्छ।

यो फिल्ममा बलात्कारलाई चित्रण गरिने चलनलाई प्रस्तुत गर्नुका साथै एक आमाले न्यायका लागि परिवारदेखि सामाजसम्म लडेको कथालाई देखाइएको छ। आफ्नी छोरीमाथि भएको हिंसा र त्यसपछिको उसको नाजुक अवस्थाबीच आफ्नो परिवार आफू विपरित हुँदा उनले कसरी न्यायका लागि परिवारको विपरितमा गएकी छिन् भन्ने कथा फिल्ममा देखाइएको छ। नेपालको तराई मूलमा छोरीलाई गरिने व्यवहारको संकेत पनि फिल्ममा देखिन्छ।

लघु चलचित्र भएकाले फिल्म केही अपुरो लाग्न सक्छ। तर, थोरै समयमा गम्भिर र ठूलो कथा भन्नमा सरिताको ‘फगुनिया’ अवश्य पनि सफल देखिन्छ।महोत्सवमा प्रदर्शित ‘ललिता’ वृतचित्रमा एक यौनकर्मीको कथालाई देखाइएको छ। दुई दशक उमेर पुरा गरेकी एक यौनकर्मीका आफ्ना अनुभवदेखि उनले देखेका सपनाहरुलाई यो वृतभित्रमा प्रस्तुत गरिएको छ।

‘न्यारेसन’को शैलीमा खिचिएको यो फिल्ममा काठमाडौं वरपरका क्षेत्रका दृश्यहरु छन्। चलचित्रमा पात्रको अनुहार देखाइदैंन्, उसको बारेमा व्यक्तिगत कुराहरु भनिँदैन्। तर, उसका सपनाहरु भनिन्छ। यो पेशामा लाग्दा आफूले भोगेका पीडाहरुदेखि आफूले देखेको सपना, आफ्नो दैनिकीसम्ममा दर्शकले आफूलाई रिलेट गर्न सक्छन्। उज्यालो शहरको अँध्यारो यर्थाथजस्तै उनले यौन पेशाभित्रको यर्थाथ बारे बताएकी छिन् ‘ललिता’मा। 

ललितामा यौनकर्मीको कथा देखाइएजस्तै महोत्सवमा प्रदर्शन भएको अर्को लघु चलचित्र कन्फेट्टीमा एक योनकर्मीकी छोरीे अनुभव गर्ने कुराहरुलाई देखाइएको छ। आफ्नो बुबा १ सय ३० वर्षका लागि जेल परेपछि आमाले जीवन चलाउन यौन पेशा सुरु गरेकी हुन्छिन्। तर, त्यसबाट आफ्नै छोरीलाई कुन किसिमको असर भइरहेको छ भन्ने उनले ख्याल गर्दिनन्। 

आफ्नो साथीसँग हुँदा ती बालिका खुल्छिन्। आमाका ग्राहकहरु आउँदा उनी डराएको कुरा बताउँछिन्। ढोकाको चुक्कु खोल्दादेखि कतै चेन खुलेको आवाज सुन्दा पनि उनी डराएकी हुन्छिन्। त्यो मात्र नभएर आफूमाथि आमाका ग्राहकहरुको कुनै नजर नपुगोस भन्न उनले खान छाडेको बताउँछिन्। भन्छिन्, ‘मेरो छाती बढ्छ भनेर मैले खान छाडिदिएँ।’

बाल मनोविज्ञानको पक्षबाट निकै उत्कृष्ट छ यो फिल्म। आमा ग्राहकसँग हुँदा आफू बाल्कोनीमा बसेर पढिरहने ती बालिका बुबालाइ जेलमा भेट्न जाँदासम्मका कथनहरुले बालबालिका मनमा के चलिरहन्छ भन्ने प्रस्तुत गरेको छ।
बिहीबारसम्म चलेको महोत्सवमा गत सोमबारदेखि नै फिल्म प्रदर्शन सुरु भएको थियो। महोत्सवमा लघु चलचित्रदेखि वृत चित्र, फिचर फिल्म गायतका फिल्महरु प्रदर्शन भएका थिए।

नवौं संस्करणमा प्रदर्शन भएकामध्ये तीन विधाका तीन फिल्महरुले उत्कृष्ट भएर पुरस्कार पनि पाएका छन्। यसमा राजेश प्रसाद खत्रीको ‘जुलुंगो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललिता’ रहेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्