काठमाडौं– सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने निर्णय भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण (फुल कोर्ट) बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको हो।
गोलाप्रथाबाट पेसी तोक्ने गरी अघिल्लो बिहीबार (मंसिर २ गते)को फुल कोर्ट बैठकले सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।