चितवन- नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफूले व्यक्तिगत रुपमा कुन पदको उम्मेदवार हुने भनेर घोषणा गर्न नचाहेको बताएका छन्।
बिहीबार भरतपुर विमानस्थलमा नेपाल लाइभसँग कुरा गर्दै उनले विगतमा निर्वाह गरेका भूमिकाको आधारमा उचित मूल्याकंन हुनुपर्छ भन्ने आफूलाई लागेको बताए।
दशौं राष्ट्रिय महाधिवेशनलाई सहमति र एकताको महाधिवेशन बनाउनुपर्ने उनले बताए। 'त्यो नै आजको आवश्यकता हो। प्राथमिकता हो। हाम्रो पार्टीको भविष्य हो। त्यही हिसाबले नै हामीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ,' उनको भनाइ छ।
विष्ट नवौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए। एमालेको तत्कालीन आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएर पनि अन्तिममा पार्टी विभाजनमा साथ नदिएका नेताहरुमध्ये उनी पनि एक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।