काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्। चितवनमा हुने एमाले महाधिवेशन उद्घाटन समाराेहमा प्रचण्ड नजाने उनको सचिवालयले जनाएको छ।
अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार काभ्रे जाने सचिवालयले जनाएको छ। माओवादीले प्रतिनिधिको रुपमा कुनै नेतालाई पठाउने/नपठाउने बिहीबार बेलुका मात्रै टुंगो लगाउने बताएको छ।
केही दिनअघि एमाले नेता राजन भट्टराई खुमलटार पुगेर प्रचण्डलाई एमाले महाधिवेशनमा सहभागी हुन निम्तो दिएका थिए।
एमालेले नेकपा एकीकृत समाजवादी पार्टीलाई भने निम्ता नै गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।