चितवन– नेकपा एमालेका नेता महेश बस्नेतले १०औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने बताएका छन्। चितवन विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै नेता बस्नेतले आफूले पार्टी सचिवमा उम्मेदवारी दिने बताएका हुन्।
केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए। ‘मैैले काठमाडौंमै सचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु,’ उनले भने, ‘यस पटक महाधिवेशनमा सचिवको रुपमा सर्वसम्मत वा निर्वाचन हुँदा पनि अध्याधिक मत दिएर विजयी बनाउन अनुरोध गर्दछु।’
यस्तै पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने उनले बताए। ‘समकालीन शिखर व्यक्तित्व भएका केपी शर्मा ओलीलाई अध्यक्ष बनाउँछौं,’ उनले भने, ‘कुनै दुविधा नै छैन। नेताहरुको चाहना र कार्यकर्ताको भावना अध्यक्ष बनाउनुपर्छ भन्ने छ।’
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कोही आएर एमाले बचाईदिऊँ भनेर संसदमा गीत गाएको बताउँदै बस्नेतले सारा जनता र कार्यकर्ता आएर एमालेलाई राज्यको मूल शक्तिका रुपमा स्थापित गर्ने बताए। आगामी दिनमा मुलुकको समृद्धिको नेतृत्व गर्ने पार्टी एमाले नै हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।