काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्त सञ्चालक समितिको आज बिहान बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भऐपछि वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।