काठमाडौं– ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बिहान सम्पन्न बैठकले साढे १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी बोनस सेयर वितरणपपछि ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।